Comments Add Comment

२० लाखमा बिक्री भयो लोडसेडिङ एप्स

Nepal-loadshedding-android-appनेपालको सवैभन्दा लोकप्रिय लोडसेडिङ सूचना प्रदायक एप्स ‘नेपाल लोडसेडिङ सेड्युल’ २० लाख रुपैयाँमा बिक्रि भएको छ ।

झण्डै ५ लाख प्रयोगकर्ताका मोबाइलमा डाउनलोड भएको यो एप्सलाई सिरान टेक्नोलोजीले २० हजार अमेरिकी डलर अर्थात् झण्डै २० लाख रुपैयाँमा खरिद गरेको हो ।

चन्द्रमान श्रेष्ठ र अलिजा श्रेष्ठले २ बर्षअघि गुगल प्लेस्टोरमा अपलोड गरेको यो एप्स झण्डै ५ लाख प्रयोगकर्ताले डाउलोड गरिसकेका छन् ।

नेपालमा लोडसेडिङले जीवन अस्तब्यस्त बनाइरहेका बेला मोबाइलमै त्यसको तालिका दिने यो एप्स निकै लोकप्रिय बन्यो । सवैभन्दा धेरै प्रयोगकर्ता भएको एन्ड्रोइड एप्स भएकै कारण सिरानले यति धेरै रकममा किनेको हो । नेपाली एप्स ठूलो रकममा बिक्रि भएको सम्भवत यो पहिलो हो ।

चन्द्र र एलिजाले आगामी १० बर्षसम्म यसबाट प्राप्त हुने कमाइको १० प्रतिशत हिस्सा पाउनेछन भने आफ्ना नयाँ उत्पादनलाई पनि यही एप्सका प्रयोगकर्तामाझ पुर्याउन पाउनेछन् । एप्समा डिस्प्ले हुने बिज्ञापनबाट उनीहरुले मासिक करिव ५ सय डलर (५० हजार रुपैयाँ) कमाउँदै आएका थिए ।

सिरान टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सजत श्रेष्ठले प्रयोगकर्ताको संख्या र यसको सम्भावनालाई देखेरै एप्स किनिएको अनलाइनखबरलाइ बताए ।

बिभिन्न नयाँ सुबिधा थपेर छिटै नयाँ भर्सन सार्वजनिक गर्न लागिएको उनले बताए ।अागमी केही बर्षमा लोडसेडिङ हटाउने गरि सरकारले तयारी थालिरहेका बेला सिरानले किन यस्तो एप्समा लगानी गर्यो त ? श्रेष्ठले एप्सको युजरबेशलाइ ध्यान दिएरै लगानी गरेको बताए ।  यसका प्रयोगकर्तालाई नयाँ तरिकाले इंगेज गर्न सकिने सम्भावना रहेको श्रेष्ठले बताए । सिरान टेक्नोलोजीले क्यास अन एड लगायतका नयाँ सोंचका एप्स निर्माण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment