Comments Add Comment

जर्मनका कप्तान लाहमले सन्यास लिए

Philip-Lahm

२ साउन, काठमाडौं । जर्मनीका कप्तान फिलिप लाहमले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ब्राजिलमा भएको विश्वकपमा आफ्नो कप्तानीमा जर्मनीलाई च्याम्पियन बनाएको एकसातापछि नै लाहमले सन्यास लिने निर्णय गरेका हुन् ।

३० वर्षका लाहमले भनेका छन्-‘मैले राष्ट्रिय टिम छाड्ने प्रशिक्षकलाई भनिसकेको छु । गत सिजनको अन्त्यमा नै मैले यो निर्णय गरेको थिएँ ।’  सन् २००४ मा डेब्यू गरेका उनले ११३ क्याप जितेका छन् र पाँच गोल गरेका छन् ।

 विश्वकप लाहमले पछिल्लो दुई वर्षमा उचालेको नवौं उपाधि थियो । उनले क्लब फुटबलमा बार्यन म्युनिखबाट २ बर्षमा बुन्डेसलिगा र च्याम्पियन्स लिगसहित सात उपाधि जितेको थियो ।

माइकल बालकले २०१० को विश्वकपमा चोटका कारण खेल गुमाएपछि लाहमले कप्तानको जिम्मेवारी पाएका गिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment