Comments Add Comment

क्यान्सरपीडितका लागि नांगिए युवतीहरु, रोक्यो फेसबुकले (फोटोफिचर सहित)

सामाजिक सहयोगका लागि तयार गरिएको क्यालेन्डरमा निर्वस्त्र पोज दिएका युवतीहरुको तस्वीर फेसबुकले हटाइदिएपछि नग्नताको परिभाषामा विवाद उत्पन्न भएको छ ।

बेग्लै छनकका ती तस्वीरहरुमा निर्वस्त्र युवतीहरुका गोप्य अंगहरु कतै लाइफ ज्याकेट तथा कतै क्यामराको सहयोगमा लुकाइएको थियो । तर फेसबुकले यस्ता तस्वीरहरु पूर्णरुपमा यौनिक सामाग्री भएको भन्दै बन्देज लगाइदिएको छ ।

nude1

तस्वीरहरुमा १७ जना युवतीहरु बेलायतको एभोन नदीमा कतै डुंगा चलाइरहेको तथा कतै दौडिरहेको र उभिइरहेको पोजमा प्रस्तुत गरिएका छन् ।

ती युवतीहरुको तस्वीर अंकित क्यालेन्डर बिक्रिबाट उठेको रकम क्यान्सर पीडितको उपचारमा खर्च गरिने भन्दै फेसबुक र टि्वटर मार्फत व्यापक प्रचारवाजी गरिएको थियो । जसका कारण १५ सय वटा क्यालेन्डर बिक्रि समेत भए र त्यसबाट ३४ सय पाउण्ड रकम समेत जम्मा भयो ।

nude2

तर फेसबुकले भने ती तस्वीर सहितको Warwick Rowing’s Women’s Naked Calendar  नामक फेसबुक पेज हटाइदिएको छ । त्यस्ता तस्वीरले अश्लील सामाग्री शेयर विरुद्धको फेसबुकको कडा नीति उल्लंघन गरेको ठहर फेसबुकको छ ।

nude3

तर फेसबुकको यो निर्णयप्रति नग्न पोज दिनेमध्येका एक युवती २० वर्षीया सोफी बेल क्रुद्ध बनेकी छिन् । उनले पुण्य कर्मका लागि रकम संकलन गर्नमा फेसबुकको कदमले बन्देज लगाएको आरोप लगाइन् । आफ्ना कुनैपनि तस्वीरहरु अश्लील नभएको र ढाकिनुपर्ने चिजहरु ढाकिएको उनको तर्क छ । पुरुषहरुले संचालन गरेका यस्तै खाले पेजहरुलाई निर्वाध रुपमा चल्न दिइएको तर महिला भएकै कारण आफुहरुको पेजलाई अश्लीलताको आरोप लगाएर हटाइएको आरोप उनको छ । अर्की युवती हेटी रिड पनि आफ्ना तस्वीरहरु सामान्य रहेका भन्दै फेसबुकको कदम प्रति असन्तुष्टी प्रकट गरेका छन् ।

nude4

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment