Comments Add Comment

बीबीसीकी पत्रकारलाई कुकुरले बनायो लाजमर्नु, समाचार भन्दाभन्दै पानीमा आची (भिडियो सहित)

कहिलेकाहीँ आफ्नै पाल्तु जनावरले समेत आफैलाई अप्ठेरोमा पारिदिन्छन् । बीबीसीकी एक महिला पत्रकारलाई समेत उनकै कुकुरले आपत्मा पार्यो । बीबीसी टेलिभिजनमा मौसमी विवरण सम्बन्धि समाचार लाइभ प्रशारण गरिरहेको बेला उनको कुकुरले आची गरेपछि स्टुडियोमा रहेकाहरु लाजले मुख छोप्दै हाँसे पनि उनी पनि असमञ्जसमा परेर पछाडि फर्किँदै ङच्िच हाँस्नुपर्यो ।

BBC

बीबीसीकी मौसम प्रस्तोता क्यारोल कर्कवुडले टेलिभिजनको बिहानी प्रस्तुती ब्रेकफास्ट शो अन्तरगत ससेक्सको पश्चिमी विटेरिङबाट सामुदि्रक तातो हावाको तरंगका विषयमा प्रत्यक्ष रुपमा सामाग्री प्रशारण गरिरहेकी थिइन् । क्यामराले पृष्ठभूमिमा रहेको समुद्रको दृश्य पनि देखाइरहेको थियो । तर अकस्मात त्यहाँ उनको कुकुर देखा पर्यो । कुकुरले पानीमा चोपलिँदै त्यहीँ दिसा समेत गर्यो । त्यो कुनै भुस्याहा कुकुर थिएन, उनै क्यारोलको घरको कोन्नी नामको कुकुर थियो ।

क्यारोललाई आफ्नो पिठ्युँपछाडिको कुकुरले बदमासी गरिरहेको छ भन्ने थाहा थिएन । तर स्टुडियोमा रहेका प्रस्तोताहरु लुइस मिन्सिन र चार्ली स्ट्याटले भने कुकुरको त्यो कर्म खप्न सकेनन् र हाँस्न थाले । लुइसले टेलिभिजनबाटै हाँस्दै भने, ‘क्यारोल तिम्रो पछाडि के भइरहेको छ नहेर है ।’

पछाडि फर्केर हेर्दा पो बल्ल थाहा भयो, कुकुरको बदमासी । अनि उनले भनिन् यो मेरो जिन्दगीको कथा नै हो ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment