Comments Add Comment

नेल्सन मण्डेलालाई सम्झिँदै गुगलको कलात्मक डुडल (भिडियो सहित)

इन्टरनेट जायण्ट गुगलले पोहोर साल निधन भएका नोबेल पुरस्कार विजेता दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको ९६ औँ जन्मजयन्तीका अवसरमा डुडल सार्वजनिक गरेको छ ।

doodle 1

गुगल सर्च इन्जिनको मुख्य पृष्ठमा मण्डेलाको तस्वीर सहित कलात्मक डुडल राखिएको छ । गुगलका डुडल निर्माता कटी उ ले यस्तो डुडल निर्माण गरेकी हुन् । गुगलको नेल्सन मण्डेलाप्रति समर्पित डुडल निकै अन्तरक्रियात्मक प्रकारको छ । यसमा मण्डेलाका विभिन्न चर्चित भनाइहरु समेत समावेश गरिनुका साथै उनको चर्चित पुस्तक ‘लङ वे टू पि|mडम’ को थिममा लामो बाटो देखाउँदै उद्दरणहरु राखिएको छ ।

आफुले मण्डेलासम्बन्धि डुडल बनाउने क्रममा मण्डेलाबारे धेरै कुराहरुको अध्ययन गरेको बताएकी छिन् । डुडलमा मण्डेला जन्मिए हुर्किएको गाउँ देखि दिएर उनको जिवनको राजनीतिक यात्राका प्रसँगहरु समेत समावेश गरिएको छ ।

भिडियोमा हेरौँ गुगलको डुडल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment