Comments Add Comment

खेलकुद विकास विभाग प्रमुखमा थापा

२ साउन, काठमाडौं । कुलबहादुर थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

विद्यालय खेलकुद विकास विभागका प्रमुख थापालाई परिषद्को साउन १ गतेको निर्णयानुसार खेलकुद विकास विभाग प्रमुखको जिम्मेवारी दिइएको हो । थापाको स्थानमा खेलकुद विकास विभाग प्रमुख प्रकाशचन्द्र घिमिरेलाई ल्याइएको छ ।

२०५२ सालमा अधिकृत तृतीय श्रेणीमा परिषद्को स्थायी सेवामा प्रवेश गरेका थापा २०६३ साल पुसमा अधिकृत द्वितीय श्रेणीमा बढुवा भएका थिए । थापाले परिषद्को महत्वपूर्ण मानिने प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, प्रचार प्रसार शाखालगायतमा प्रमुख भइ काम गरिसकेका छन् ।

थापालाई समारोह विज्ञका रुपमा पनि चिनिन्छ । थापासंग पाँचौं र छैटौं राष्ट्रिय खेलकुद तथा पर्यटन वर्ष- २०११ जस्ता बृहत कार्यक्रममा समारोह समितिको महत्वपूर्ण पदमा रहि काम गरेको अनुभव छ । थापाले आइतबारदेखि आफूलाई दिइएको जिम्मेवारी सम्हाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment