Comments Add Comment

गौरीकाद्वारा थप चार नयाँ राष्ट्रिय कीर्तिमान कायम

२ साउन, काठमाडौं । गौरीका सिंहले १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको महिलातर्फ अन्तिम दिन शुक्रबार थप चार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा गौरीकाले २ सय मिटर व्यक्तिगत मिड्ले २ मिनेट ५३.५७ सेकेन्ड, १ सय मिटर बटरफ्लाइ १ मिनेट १९.३४ सेकेन्ड, १ सय मिटर व्याकस्ट्रोक १ मिनेट १७.९७ सेकेन्ड तथा २ मिटर पि|mस्टायल २ मिनेट २६.२८ सेकेन्डमा पूरा गर्दै गर्दै थप चार नयाँ राष्ट्रिय कीर्तिमान रचेकी हुन् ।

गौरीकाले व्यक्तिगत मिड्लेमा सन् २००२ मा बुसानमा भएको १४ औं एसियाली खेलकुदमा नयना शाक्यले बनाएको २ मिनेट ५८.६१ सेकेन्ड र बटरफ्लाइमा सन् २००८ मा काठमाडौंमा भएको १० औं ग्यालेक्सी कपमा करिश्मा कार्कीले बनाएको १ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान भंग गरिन् । त्यस्तै गौरीकाले व्याकस्ट्रोकमा सन् २००१ मा काठमाडौंमा भएको १५ औं खुला राष्ट्रिय पौडीमा शैलाराज्यलक्ष्मी राणाले बनाएको १ मिनेट २२.११ सेकेन्ड तथा फ्रिस्टायलमा गत वर्ष काठमाडौंमै भएको प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पौडीमा सोफिया शाहले बनाएको २ मिनेट २९.७२ सेकेन्डको कीर्तिमान भंग गरिन् ।

प्रतियोगितामा गौरीकाले कूल ७ कीर्तिमान बनाइन् । अघिल्लो दिन गौरीका ३ कीर्तिमान बनाएकी थिइन् । त्यस दिन गौरीकाले २ सय मिटर ब्याकस्ट्रोक (२ मिनेट ४८.१६ सेकेन्ड), ५० मिटर बटरफ्लाइ (३२.९७ सेकेन्ड) तथा ५० मिटर ब्याकस्ट्रोक (३५.८५ सेकन्ड) मा कीर्तिमान रचेकी थिइन् । कीर्तिमानी ७ स्वर्ण बाहेक गौरीकाले १ सय मिटर ब्याकस्ट्रोक (१ मिनेट ३१.१९ सेकेन्ड) मा पनि पहिलो दिन स्वर्ण जितेकी थिइन् । गौरीकाको नाममा थप एक रजत पनि रह्यो । प्रत्येक कीर्तिमान वापत ५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो ।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगितामा शिरीष गुरुङले थप दुई स्वर्ण जिते । पुरुषतर्फ उनले २ सय मिटर बटरफ्लाइमा ३ मिनेट ०१.९० सेकेन्ड तथा १ सय मिटर पि|mस्टायलमा ५९.२१ सेकेन्ड समय निकाल्दै पहिलो स्थान हात पारे । योसहित उनको व्यक्तिगत स्वर्ण संख्या ७ पुगेको छ ।

अन्तिम दिन पुरुषको २ सय मिटर ब्याकस्ट्रोकमा देवेश मानन्धर, महिलाको २ सय मिटर ब्रेस्टस्ट्रोकमा सोनिरा विष्ट र पुरुषमा टीका थापा, पुरुषको ५० मिटर बटरफ्लाइमा स्युङ वि सु, महिलाको ५० मिटर ब्रेस्टस्ट्रोकमा निहारिका तुलाधर, पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा दिलिप थापा मगर तथा महिलाको ५० मिटर फ्रिस्टायलमा सोफिया शाहले स्वर्ण हात पारे ।

शिरीश पुरुष तथा सोफिया शाह महिलामा उत्कृष्ट खेलाडी बने । गौरीकाले उदीयमान खेलाडीको उपाधि हात पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment