Comments Add Comment

पाकिस्तानमा महिला क्रिकेटरद्धारा आत्महत्या

 ३ साउन, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डका अधिकारीमाथि यौन शोशणको आरोप लगाउने क्रिकेटर हलीमा रफिकले आत्महत्या गरेकी छिन् ।

haleema rafiqरफिकसहित चार क्रिकेटरले गत वर्ष एक टीभी कार्यक्रममा बोर्डका दुई अधिकारीमाथि यौन शोशणको आरोप लगाएका थिए । मुल्तान क्रिकेट क्लबका अध्यक्ष मौलवी सुल्तान आलम र चयनकर्ता मोहम्मद जावेदले क्षेत्रीय वा राष्टिय टिममा सहभागी गराउन शारीरिक सम्वन्ध राख्न प्रस्ताव गरेका महिला क्रिकेटरको आरोप थियो ।

तर, दुबै अधिकारीले आरोप अस्वीकार गरे । पाकिस्तान क्रिकेट बोर्डले छानविन गर्दा प्रमाण नभेटिएको भन्दै चार खेलाडीलाई अनुशासनहीन र महिला क्रिकेटलाई बदनाम गरेको आरोपमा नौं महिना प्रतिवन्ध लगाइएको थियो । अप्रिलमा प्रतिवन्ध हटेपछि चारै क्रिकेटर मैदान फर्किएका थिए ।

तर, हालै मात्र आलमले पाँच खेलाडी र कार्यक्रम प्रशारण गर्ने एक्सप्रेस टीभीका दुई अधिकारीविरुद्ध २० करोडको मागदावीसहित मानहानीको मुद्दा हालेका छन् ।

अदालतले सबै आरोपीलाई उपस्थित हुन भनेपछि रफिक निकै तनावमा रहेको परिवारका सदस्यहरुले बताए । पत्रिकामार्फत थाहा पाएकी उनले बाथरुममा गएर तेजाब पिएर आत्महत्या गरेका छिन् ।

परिवारका सदस्यहरुले तत्काल अस्पताल पु¥याएका थिए । तर, पहिलो पटक पेट सफा गर्ने औषधी दिएर घर पठाएको र फेरि स्वास्थ्य विग्रिएपछि अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको परिवारका सदस्यहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment