Comments Add Comment

युरोपको उत्कृष्ट खेलाडीको मनोनयनमा रोनाल्डो र मेस्सी

Messi-wirh-Ronaldo

३ साउन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोसँगै लिओनल मेस्सी यूईएफए प्लेयर अफ दि इयरको मनोनयनमा परेका छन् । युनियन अफ युरोपियन फुटबल एशोसिएसनले यूईएफएले २०१३/१४ को प्लेयर अफ दि इयरको मनोनयनमा परेका १० खलाडीको नाम सार्वजनिक गरेको छ ।

जसमा ला लिगाका चार खेलाडी छन् । युरोपियन च्याम्पियन रियल मडि्रडका रोनाल्डोसँगै एन्जल डी मारिया छन् भने बार्सिलोनाका मेस्सीसँगै हालै मात्र क्लबमा आवद्ध भएका लुइस स्वरेज पनि मनोनयनमा परेका छन् ।

एथ्लेटिको मडि्रडबाट हालै चेल्सी गएका डिएगो कोष्टा पनि मनोनयनमा परेका छन् । यस्तै बार्यन म्युनिखका आर्जेन रोबिनसँगै फिलिप लाहम, थोमर मुलर र गोलरक्षक नुयुर पनि छन् । मोनाकोका जेम्स रोड्रिग्वेज पनि प्लेयर अफ दि इयरको मनोनयनमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment