Comments Add Comment

हाफ म्याराथनमा यम र अजिताले स्वर्ण जिते

३ साउन, काठमाडौं । दोश्रो ६ किमी खुला हाफ म्याराथन दौड प्रतियोगितामा पुरुषतर्फ बुल्स क्लबका यमबहादुर डाँगी र महिलातर्फ मोलिस कलेजकी अजिता मर्हजन पहिलो भउका छन् ।

महिला हिस्साबिरुद्ध जाउलाखेल मार्सल आर्ट सेन्टरले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ शान्तिनगरका स्यामुल राई दोश्रो र बिजय थापा तेश्रो भए । महिलातर्फ मुनलाईट स्कुलका अस्मिता बुढा र प्रिती श्रेष्ठ क्रमशः दोश्रो र तेश्रो भए ।

महिला विकास प्रशिक्षण केन्द्र जाउलाखेलबाट शुरु भएको दौड एकान्तकुना, सातदोवाटो, लगनखेल,जाउलाखेल हुँदै पुनः महिला विकास प्रशिक्षण केन्द्रमा पुगर सम्पन्न भएको थियो । प्रतियोगितामा ६० जना खेलाडीले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment