३ असार, काठमाडौं । नेपाल र दक्षिण कोरियाको युवा टोलीले मैत्रिपूर्ण फुटबलमा बराबरी खेलेका छन् । युवा स्ट्राइकर विमल घर्तीमगरसहितको नेपाली यू-१७ टोलीले कोरियाली टोलीलाई गोलरहित बराबरीमा रोकेको हो ।
सउलस्थित नेशनल फुटबल सेन्टरमा भएको खेलमा नेपाली टोली महत्वपूर्ण चार खेलाडी विना नै मैदान उत्रिएको थियो ।
स्ट्राइकर अन्जन विष्ठ, मिडफिल्डर मेहन्त थापा मथर र डिफेण्डर सुदन थापा र गौरव मगर चोटका कारण खेल्न सकेनन् । टोलीसँगै रहेका एन्फाका सदस्य प्रकाश पंगेनीले नेपाली टोलीले राम्रो खेलेको प्रतिक्रिया दिएका छन् ।