Comments Add Comment

आर्मीलाई बास्केटबल उपाधि

३ साउन, काठमाडौं । नेपाल आर्मी उपत्यकाव्यापी व्हीलचेयर बास्केटबल प्रतियोगिताको पुरुषतर्फ शनिबार च्याम्पियन बनेको छ । पाँच टिम सहभागी पुरुषको राउन्ड रोविन लिगमा आर्मीले आफ्नो चारै खेल जित्दै उपाधिमाथि कब्जा जमायो ।

आर्मीले व्हीलचेयर स्पोर्ट्स एसोसिएसन नेपाललाई १७-६, नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघलाई १८-०, स्पाइनल कोर्ड इन्जुरी पुनस्र्थापना केन्द्रलाई ८-२ तथा जावलाखेललाई ८-० ले पराजित गर्‍यो । व्ह्ीलचेयर स्पोर्ट्स एसोसिएन नेपाल दोश्रो भयो ।

नेपाल पारा ओलम्पिक कमिटी र नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिलामा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघ पहिलो भए । उक्त संघले व्हीलचेयर स्पोर्ट्स एसोसिएसन नेपाललाई ४-० ले हरायो । महिलामा दुई टिम सहभागी थिए ।

यसैबीच तेश्रो राष्ट्रिय पारा पौडी प्रतियोगिताको व्हीलचेयरको महिलामा सोनिका ढकाल पहिलो, निर्मला कार्की दोश्रो तथा मन्जु सापकोटा तेश्रो भए । त्यसै स्पर्धाको पुरुषमा राजु कट्वालले स्वर्ण, अनिल लामाले रजत तथा दिगम चेम्जोङले कांस्य जिते ।

पूर्णदृष्टिविहीनको पुरुषमा सुमन घिमिरे, विक्रम राना र रत्न राईले क्रमशः शीर्ष तीन स्थान हात पारे । आंशिक दृष्टिविहीनको पुरुषमा सुरेन्द्र तामाङ पहिलो, सन्तबहादुर पहरी दोश्रो तथा बद्री चौलागाईं तेश्रो स्थानमा रहे ।

पौडीमा २१ प्रतिस्पर्धी सहभागी थिए । बास्केटबल र पौडी दुवै प्रतियोगिता नारायणटारस्थित हिमालय इन्टरनेसनल मोडेल हायर सेकेन्डरी स्कुल -हिम्स) मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment