Comments Add Comment

निरु र मनोज पहिलो

३ साउन, काठमाडौं । काठमाडौं खुला सफ्ट टेनिस प्रतियोगिताको एकलतर्फ महिलामा निरु कायश्थ र पुरुषमा मनोज सुब्बाले पहिलो स्थान हात पारेका छन् ।

चण्डोलको कुण्डलिनी क्लबमा भएको फाइनलमा निरुले निरा कायश्थलाई ४-३ ले पराजित गरिन् । चन्द्रमाया राई र एलिजा रन्जित तेश्रो भए ।

नेपाल सफ्ट टेनिस संघ र काठमाडौं जिल्ला सफ्ट टेनिस संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष उपाधि भिडन्तमा मनोजले कमलबहादुर भण्डारीलाई ४-१ ले हराए । सोहन धौभडेल र उज्वल स्थापितले तेश्रो स्थानमा चित्त बुझाए । मनोज सुब्बा र सोहन धौभडेलको जोडी पुरुष डबल्समा च्याम्पियन बने ।

दुईदिने प्रतियोगितामा ३२ पुरुष र १६ महिला गरी ४८ खेलाडीले तीन स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment