Comments Add Comment

तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्

nindraलामो समयसम्म निद्रा खल्बलिएमा वा निद्रा नै नपरेमा मानिस कमजोर हुने, मानसिक तथा शारीरिक रुपमै अस्वस्थ, आलस्यपूर्ण, अल्छी तथा भद्दा र बेखुस हुने विभिन्न खाले अध्ययनहरुले पुष्टि गरिसकेका छन् । केही मानिसहरु रातमा काम वा मनोरञ्जनका खातिर अनिँदो बस्ने गर्छन् भने केहीलाई निद्रा नै नपर्ने समस्या हुन्छ । निद्रा नपर्ने विभिन्न कारण हुनसक्छन् । लामो समयसम्म काम गरेर, रमाइलो गरेर तथा निद्रा बिथोलिएपछि सुत्दा झ्वाट्टै निद्रा नपर्न सक्छ । रात अबेर ओछ्यानमा जाँदा पनि छिटै निद्रा नलागेपछि विहान उठ्ने बेलासम्म पनि निद्रा नपुग्दा धेरैलाई असजिलो हुन्छ । यहाँ केही त्यस्ता टिप्स प्रस्तुत गरिएको छ जसलाई अपनाउँदा तपाइँ ओछ्यानमा ढल्ने बित्तिकै निदाउन सक्नुहुनेछ:

१. सुत्नु अगाडि सरीर हल्का हुने केही काम गर्नुहोस्, जस्तै हल्का व्यायाम, तातो पानीले नुहाउने आदि ।

२. कोठालाई निद्राअनुकुलित पार्नुहोस् । यसका लागि कोठाको तापक्रम सन्तुलित राख्ने, तथा बाहिरबाट प्रकाश आउने समस्या भएमा गाढा रङको पर्दा झ्यालमा लगाउने ।

३. मोबाइल फोनमा अलार्म नलगाउने । यदि मोबाइल फोनमा अलार्म लगाइयो भने त्यो मोबाइल ओछ्यानमै राखिन्छ । यसो हुँदा निद्रा नपरुन्जेल मोबाइल चलाइहालौँ भन्ने लाग्छ र अलिकति आँखा खुल्दा पनि मोबाइलमै हात जानसक्छ । कहिलेकाहीँ मोबाइलमा फोन आएर निद्रा भंग पनि गर्नसक्छ ।

४. लामो स्वास फेर्ने । सुत्दाखेरि लामो स्वास तान्ने र फ्याँक्ने गर्दा सरीरमा पर्याप्त अक्सिजन प्रवाह हुन्छ जसले गर्दा तपाइँलाई आराम मिल्न गई निद्रा पर्छ ।

५.मांसपेशी तन्काउने । ओछ्यानमा सुतिसकेपछि आफ्नो खुट्टाको बुढिऔँला मज्जाले कँस्नुहोस् । यसो गर्दा दिउसो काम गर्दा तनाव झेलेका खुट्टाका मांशपेशी तन्किन्छन् । मांशपेशी तन्काउने र छाड्ने काम पिँडौला तथा पाखुरामा समेत गर्नुहोस् । यसो गर्दा केही हल्का महसुस हुने, दुखाइ कम हुनुका साथै पर्याप्त निद्रा पर्छ ।

६. अक्षर उल्टोबाट गन्न थाल्नुहोस् । वास्तवमा किता पढ्न थालेपछि निदाउने बानी धेरैको हुन्छ । त्यसैले मानिसक रुपमा व्यायाम हुने लेखपढ जस्ता कुराले धेरैलाई छिटै निद्रा पार्छ । यदि निद्रा छिटै पार्नुछ भने १ देखि १०० सम्मका अंकहरु उल्टोबाट गन्दै जानुहोस् वा क देखि ज्ञ सम्मका अक्षर पनि उल्टोबाट भन्दै जानुहोस् यसो गर्दा तपाइँलाई छिटै निद्रा लाग्नेछ ।

७. ओछ्यानबाट उठ्नुहोस् । सुतेको ३० मिनेटसम्ममा पनि निद्रा परेन भने ओछ्यानबाट उठ्नुपर्छ । तपाइँले आफ्नो सरीरलाई नसुताउनका लागि तालिम दिइरहनुभएको छ तर झुट ठान्नुहोस् र नसुत्नुहोस् । यसो गर्दा मस्तिष्कमा यक प्रकारको निद्राभाव जाग्छ । शान्तसँग केही काम गर्नुहोस् जस्तै किताब पढ्ने, मन्द ध्वनीमा संगीत सुन्ने वा केही खाना बनाउने आदि । यसो गर्दा निद्राको महसुस हुन थाल्छ ।

८. भोलि के होला ? अर्को हप्ता के होला ? अब के गर्नेहोला ? भन्ने जस्ता चिन्ता मनबाट हटाउनुहोस् ।

९. कुनै सुन्दर दृश्य वा अनुभवको सम्झना जो दिउसो तपाइँले अनुभुत गर्नुभएको थियो ।

१०. दिउसोमा पर्याप्त व्यायाम गर्नुहोस् ।

११. सिरानी राम्रो हुनुपर्छ । सिरानीले तपाइँको शीर तथा घाँटीलाई सन्तुलनमा ल्याउने काम गर्छ । सिरानी कस्तो छ भन्ने कुराले निद्राको समय तथा गुणस्तरमा समेत प्रभाव पारेको हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment