Comments Add Comment

अन्तर्राष्ट्रिय कल आउँदा एनसेलमा पुनः वोनस

४ साउन, काठमाडौं । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा वोनस पाउने योजनालाई थप आकर्षक वोनसका साथ पुनः सुरु गरेको छ ।

यहि साउन ५ गतेबाट देशव्यापी रुपमा लागु हुने ‘कल आयो पैसा पायो’ नामक यस योजनामा एनसेलका ग्राहकले अब विश्वको कुनैपनि ठाउँबाट आएको कल लिई कुरा गर्दा हरेक मिनेट पछि ३ को दरले प्रत्येक मिनेट वोनस पाउनेेछन् ।

Ncell-Towerयसरी प्राप्त वोनसमध्ये एक तिहाइ वोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, अर्को एक तिहाइ एसएमएस पठाउन र अन्य एक तिहाइ वोनस इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा एक पटकमा अधिकतम १० मिनेटसम्म वोनस प्राप्त हुनेछ । अर्थात् एक पटकमा ३० रुपैयाँसम्म वोनस प्राप्त गर्न सक्नेछन् । यसरी प्राप्त वोनस रकममध्ये ग्राहकले १० रुपैयाँ एनसेल नटवर्क भित्र कुरा गर्न, १० रपैयाँ एसएमएस पठाउन र १० रुपैयाँ इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन् । यसरी प्राप्त वोनस ३ दिनभित्र प्रयोग गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।

यो योजनमा एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकहरु निःशुल्क सहभागी हुन सक्छन् । यसका लागि ग्राहकहरुले १७१२६ मा फोन गरे पुग्छ ।

एनसेलले कल आयो पैसा पायो योजना पहिलो चरणमा गत वर्ष असार २८ गतेदेखि असोजे १४ गतेसम्म लागु गरेको थियो भने दोस्रो चरणमा गत वर्ष मंसिर ११ गते देखि ९० दिनका लागि पुनः ल्याएको थियो ।

लाखौं नेपालीका परिवार र आफन्तजन रोजगारी तथा अध्ययनका लागि देश बाहिर रहेका र तिनले घरमा नियमित सम्पर्क गर्नेे भएकाले यस योजनाले घरमा रहेका सदस्यहरुलाई विशेष लाभ प्रदान गरेको थियो ।

यहि लाभ र ग्राहकको चाहनालाई मध्यनजर गर्दै एनसेलले पुनः यो योजना ल्याएको जानकारी एनसेलकी कर्पोरेट कम्यूनिकेशन निर्देशक सञ्जु कोइरालाले दिइन् ।

‘विदेशमा रहेका आफन्तजनले फोन गर्दा खुशीसँगै अब पहिले भन्दा थप वोनस पनि प्राप्त हुने हुँदा यो योजनाबाट समस्त ग्राहकले लाभ प्राप्त गर्ने कुरामा हामी विश्वस्त छौं’ कोइरालाले भनिन् ।

कम्पनीका अनुसार यो योजना ६० दिनसम्म लागु हुनेछ । एनसेल कनेक्ट प्रयोगकर्ता बाहेक एनसेलका सबै ग्राहकहरु यस योजनामा सहभागी हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment