Comments Add Comment

२३.६ अर्ब डलर क्षतिपूर्ति दिन चुरोट कम्पनीलाई आदेश

४ साउन, काठमाडौं । अमेरिकाको एक अदालतले फोक्सो क्यान्सरका कारण मृत्यु भएका एक व्यक्तिको पत्नीलाई २३.६ अर्ब डलर क्षतिपूर्ति दिन देशको दोस्रो ठूलो चुरोट कम्पनीलाई आदेश दिएको छ ।

आरजे रेनाल्ड्स टोबाको कम्पनीले जरिवानाको रुपमा १.६८ करोड डरलको दण्डशुल्क पनि दिनु पर्नेछ । यद्यपि कम्पनीले भने अदालतको आदेशविरुद्ध अपील गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

सिन्थिया रोबिन्सनका पतीको मृत्यु सन् १९९६ मा भएको थियो । उनले आफ्नो पतीको मृत्युको मुआब्जा माग गर्दै २००८ मा चुरोट कम्पनीविरुद्ध मुद्दा दायर गरेकी थिइन् । कम्पनीका एक अधिकारीले अदालतको फैसला तर्कसंगत र निष्पक्षताबाट टाढा रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment