Comments Add Comment

घनले झैं किला ठोक्न मिल्ने स्मार्टफोन नेपालमा

RUG-Gear-Mobile-7

४ साउन, काठमाडौं । यदि तपाई आफ्नो मोबाइल हातबाट खस्दा फुटेर, पानी तथा हिलोमा पर्दा बिग्रिएर हैरान हुनुभएको छ भने खुसीको खबर छ । ढुंगामा खस्दा पनि नफुट्ने, पानी पनि नपस्ने, हिलो धुलोले नछुने मोबाइल नेपाली बजारमा भित्रिएको छ ।

जर्मनमा निर्मित ‘रग गियर’ ब्रान्डको यो मोबाइलबाट घनले जस्तै किला ठोक्न सकिन्छ । जब्बर बलियो यो मोबाइल ग्यालेक्सी टेक्नोलोजीजले आइतबार सार्वजनिक गरेको छ । पहिलो चरणमा कम्पनीले रग गियरका स्मार्ट र फिचर गरी दुई मोडलका मोबाइल नेपाल भित्राएको हो ।

स्मार्टफोन

कम्पनीले भित्राएको रग गियरको स्मार्टफोन आरजी ९७० एपेक्स प्रो हो । टचस्कि्रन सहितको यो एन्ड्रोइड मोबाइल ओखर फुटाउँदा, किला ठोक्दा समेत केही हुँदैन । पत्रकार सम्मेलनमा समेत कम्पनीले किला ठोकेर र पानीमा डुबाएर देखाएको थियो ।
यो स्मार्टफोन २ मिटरसम्मको उचाईबाट कंक्रिट फ्लोरमा खस्दा केही नहुने कम्पनीका निर्देशक नारायण श्रेष्ठले दाबी गरे । यसलाई २ मिटर गहिरो पानीमा आधा घण्टासम्म डुबाउँदा समेत पानी नपस्ने उनले जानकारी दिए ।

यसमा दुईवटा सीम प्रयोग गर्न सकिन्छ । यसमा लेड फ्लाससहितको ८ मेगापिक्सेल क्यामेरा रहेको छ भने अगाडी पनि २ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । जसले गर्दा कम प्रकाश भएको स्थानमा समेत गुणस्तरिय फोटो खिच्न सकिने निर्देशक श्रेष्ठले बताए । यसको मूल्य बजारमा ४२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

RUG-Gear-Mobile-6

फिचर फोन

आरजी १२८ मोडलको यो फोनमा ब्लुटुथ, एफएम रेडियो, जिपिआरएस, क्यालकुलेटर लगायतका सुविधाहरु रहेका छन् । यसमा ०.३ मेगापिक्सेल क्यामेरा रहेको छ । यस मोबाइलमा १.२ मिटरसम्मको उचाईबाट खस्दा पनि केही नहुने, पानीमा तैरिने, आधाघण्टासम्म पानीमा डुबाउँदा पनि पानी नपस्ने जस्तु विशेषताहरु रहेका छन् । यसलाई बजारमा ५ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिने छ ।

कम्पनीले मोबाइलमा १ वर्षको र ब्याटि्रमा ६ महिनाको वारेन्टी प्रदान गर्ने जनाएको छ । यो मोबाइल खरिद गर्दा लाइन नभएको बेलामा पनि डाइनामो घुमाएर चार्ज गर्न मिल्ने चार्जर पाइन्छ । छुट्टै विशेषता भएको यो मोबाइलले नेपाली उपभोक्तामाझ छिट्टै लोकपि्रयता कमाउने विश्वास कम्पनीका अध्यक्ष नरेन्द्र कुमार जोशीले व्यक्त गरेका छन् ।

RUG-Gear-Mobile-2
मोबाइललार्इ पानीमा डुबाएर देखाउँदै कम्पनीका निर्देशक नारायण श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment