Comments Add Comment

९ वर्षे बच्चाको दोश्रो बिहे ६२ वर्षकी महिलासँग (भिडियो सहित)

चाँदी रंगको पहिरनमा चिटिक्क परेका सानेइ म्यासिलेलाले आफ्नी हजुरआमा उमेरकी बेहुलीलाई चुम्बन गर्छन् । उमेरले ७ गुणा कान्छो नाती उमेरको फुच्चे बेहुलोसँग चुम्बन गर्नका लागि ६२ वर्षकी बेहुली हेलेनलाई धेरै नै निहुरिनु पर्यो । अझ रोचक त के भने यी दुइ बेहुला बेहुलीको त्यो पहिलो विवाह पनि थिएन । उनीहरुले एक अर्कासँग दोश्रो पटक बिहे गर्दै थिए ।

9-62 married1

देख्दै अप्ठेरो लाग्ने त्यो बिहे समारोहमा बेहुला, बेहुली खुसी थिएनन् तर भव्य विवाह समारोहमा उपस्थित पाहुनाहरु भने मख्ख थिए । अरु त अरु, हेलेनका ६६ वर्षे दीर्घकालीन लोग्ने अल्प|mेड साबांगु समेत रमितेहरुमध्ये एक थिए र उनी पनि निकै खुसी थिए ।

यो हप्ता दक्षिण अफ्रिकाको पुमालांगा स्थित जिम्हुंग्वेमा आयोजित त्यो अनमेल विवाह समारोहमा १ सय जना पाहुना उपस्थित थिए । कतिपय गाउँलेहरुले त्यसको विरोध समेत गरेका थिए, तर उपस्थित पाहुनाहरु भने निकै खुसी थिए, गित गाइरहेका थिए । बेहुला बेहुलीलाई आफ्नो संस्कार मुताविक भातले हानिरहेका थिए ।

विवाह समारोहमा बेहुला बेहुलीले चुम्बन गर्नुभन्दा पहिले त्यो जोडिलाई मन्त्रीले आशिर्वाद थिए । मन्त्रीको आशिर्वाद पाएसँगै बेहुलीले आफ्नो बाल बधुलाई चुम्बन गरिन् अनि आफ्नो दीर्घकालीन लोग्नेलाई पनि ।

9-62 married2

सानेइ र हेनेलबीच गएको वर्ष पनि यस्तै समारोहबीच पहिलो विवाह भएको थियो । तर एकान्द्रो फर्काउनका लागि यो वर्ष यी दुइबीच पुनर्विवाह भयो । विवाहमा केटाको परिवारले १ लाख ६५ हजार रुपैयाँ बराबर रकम खर्च गर्नुपरेको थियो भने केटीको परिवारले झण्डै ८३ हजार रुपैयाँ जति । केटालाई सानो औँठी भएपनि पुग्ने भएकाले केटीतर्फको खर्च कम भएको रहेछ ।

वास्तवमा यति सानो उमेरमा हजुरआमाको उमेरकी महिलासँग विवाह कुनै रहरले भएको थिएन । सानेइका मृत पितृहरुले तत्काल पाको महिलासँग बिहे नगरेमा ग्रह लाग्ने भनेर सपनामा भनेको आधारमा यसो गरिएको थियो पोहोर साल । अनि अहिले फेरि दोहोराइयो । हामीकहाँ बेल विवाह गरेजस्तै रहेछ संस्कार त्यहाँको । त्यहीँ भएर वृद्धा हेलेन र वालक सानेइबीच त्यस्तो क्षणिक बिहे गरिएको रहेछ ।

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment