Comments Add Comment

नेपाली बालबालिकालाई सहयोग जुटाउने बेलायतीको मलेसियन विमान दुर्घटनामा मृत्यु

४ साउन, काठमाडौं । युक्रेनमा भएको मलेसियन जहाज दुर्घटनामा नेपाली बालबालिकालाई आर्थिक सहयोग जुटाउने बेलायती नागरिकको समेत मृत्यु भएको छ ।
नेपालका अपाङ्गता भएका र जोखिममा परेका बालबालिकाका लागि सहयोग जुटाउने बेलायतको लिचेस्टर निवासी २० वर्षीय रिचर्ड मेयनले जहाज दुर्घटनामा परेर ज्यान गुमाएका हुन् ।Richard

गणित र फाइनान्समा स्नातक गरिरहेका लिड्स युनिभर्सिटीका विद्यार्थी रिर्चड्स नेदरल्यान्ड्सको एम्सटार्डमबाट मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको पर्थ जाने क्रममा दुर्घटनामा परेका हुन् । रिचर्डसले अभियान चलाएर नेपालका अपाङ्गगता भएका र जोखिममा परेका बालबालिकाको लागि ‘किडआशा’ च्यारिटी कोष खडा गरेर केही महिनाअघि एक हजार पाउन्ड संकलन गरेका थिए ।

मिलनसार र सहयोगी भावनाका रिचर्डस साथीहरुका समेत पि्रय थिए । किडआशा च्यारिटी कोषका लागि उनले ३ हजार पाउन्ड संकलन गरिसकेका थिए ।
बेलायती पत्रिका मिररको वेबसाइटमा लेखिएको छ, ‘रिचर्ड केही महिनाअघि बालबालिकाका लागि सहयोग जुटाउन माउन्ट एभरेस्टसम्मको बेसक्याम्पसम्म पुगेका थिए ।’

जोखिमका बालबालिकालाई सहयोग गर्नैका लागि रिचर्डसले गत मार्चमा नेपालमा रिचर्डस मेन एभरेस्ट एक्स्िपडिसन पनि सञ्चालन गरेका थिए । सगरमाथा बेस क्याम्पसम्मसम्मको अभियान सकेपछि रिचर्डसले सोलुखुम्बुका विभिन्न विद्यालयमा स्वयम्सेवकको काम गरेको पनि बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment