Comments Add Comment

हातेमालो सहकारीको नाफा ७२ लाख

५ साउन सिमरा । सिमरास्थित गढीमाई नगरपालिकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७०/०७१ को वाषिर्क खातावन्दी गरेको छ । सो वर्ष ७२ लाख चौतीस हजार रुपैया आर्जन गरेको छ ।

 संस्थाले १३ सय ३२ सदस्यहरुवीच कारोवार गरिरहेको र हाल १३ करोड वीस लाख ४५ हजारको कुल सम्पत्ति वा दायित्व सिर्जना गरेको छ । संस्थामा हाल करीव एक करोड छयालीस लाख शेयर पूंजी, आठ करोड चार लाख बचत, दश करोड वीस लाख कर्जा लगानी रहेको छ । संस्थाले गत वर्ष १३ करोड तिरासी लाख लगानी र ११ करोड पैतीस लाख रुपैया असुली गरेको छ ।

त्यसैगरी संस्थाले सदस्यहरुबाट विभिन्न शिर्षकमा १६ करोड अठाइस लाख रुपैयाँ बचत संकलन र १३ करोड सतहत्तर लाख छैसठी हजार रुपैयाँ बचत फिर्तासमेत गरेको छ । उक्त मुनाफा र कारोवार अनुमानित बजेट भन्दा करीव १२ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment