Comments Add Comment

नाफा: फेवाको साढे १४ करोड, कास्कीको साढे ८ करोड

५ साउन काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको फेवा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७०/७१ मा १४ करोड ६५ लाख संचालन नाफा कमाएको छ ।

सोही अवधीमा ३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी अर्ब ३४ करोड प्रवाह गरेको छ । फाइनान्सले गत वर्षको मुनाफाबाट शेयरधनीलाई २१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

फाइनान्सले निशुल्क एटीएम, एसएमएस बैंकिङ, लकर, सुनचाँदी धितोमा कर्जा, रेमिट्या र प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए ।

त्यसैगरी पोखरामै प्रधान कार्यालय रहेको कास्की फाइनान्सले आर्थिक वर्ष २०७०/०७१ मा ८ करोड ४८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यस अवधिमा फाइनान्सले २ अर्व ३५ करोड निक्षेप संकलन गरी २ अर्व ७ करोड कर्जा लगानी गरेको छ ।

कम्पनीको निष्कृय कर्जाको अंश ०.४६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सले निक्षेपमा ४० प्रतिशत, कर्जामा ३६ प्रतिशत र संचालन मूनाफामा ३७ प्रतिशतले वृद्धि गरेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । फाइनान्सले केन्दि्रय कार्यालय सहित नौ शाखामार्फत वित्तीय सेवा प्रदा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment