+
+

त्रिचन्द्रको वीपी पुस्तकालयमा कसले लगायो आगो ?

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ५ गते १२:३७

आइतबार दिउँसो काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजमा रहेको वीपी पुस्तकालयमा अज्ञात समूहले आगो लगाउँदा सम्पूर्ण किताव र थेसिसहरु जलेर नष्ट भएका छन् । अनेरास्ववियु र नेवि संघका कार्यकर्ताको आपसी विवाद र खुकुरी हानाहानपछि आगो झोसिँदा करिब ५ हजार वटा वहुमूल्य पुस्तक खरानीमा परिणत भए ।trichandra-campus-8

ज्ञानको भण्डार वीपी पुस्तकालयमा रहेका करिब ३ हजार पुस्तक र विद्यार्थीहरुले रिसर्च गरेका करिब २ हजार थेसिसहरु वीपी जयन्थीको अमघिल्लो दिन दनदनी जले । आफैंले शिक्षा आर्जन गर्ने विद्याको मन्दिरमा आगो झोस्ने विद्यार्थीहरुको यो चरित्रको अहिले तीव्र बिरोध भइरहेको छ । आम नागरिकले यो कार्यको तीव्र विरोध गरिरहँदा घटनाको सत्यतथ्य छानविन गर्न छोडेर दुबै विद्यार्थी संगठन एकआपसमा हिलो छ्यापाछ्याप गरिरहेका छन् । विद्यार्थीहरुको नाममा भएको यो अराजक गतिविधिबारे तपाईँचाँहि के भन्नुहुन्छ ? आफ्नो मत अभिव्यक्त गर्नुहोला ।

१) दलीय राजनीतिको नाङ्गो हस्तक्षेपको परिणामस्वरुप क्याम्पसमा खुकुरी हानाहानपछि विद्यार्थीकै कुनै समूहले पुस्तकालय जलाएको हुनुपर्छ । यसलाई जति निन्दा गरे पनि पुग्दैन ।

२) विद्यार्थी संगठनहरु विद्यार्थीको हितमा भन्दा बढी आफ्नो स्वार्थसिद्धिमा लाग्दा बाहिरिया गैरविद्यार्थीले घुसपैठ गरेर विद्यार्थीलाई बदनाम गराउन आयो लगाएको हुन सक्छ ।

३) आगो जसले लगाएको भए पनि यो घटनाबाट विद्यार्थीको बदनामी भएको छ, त्यसैले घटनामा संलग्नलाई पक्राऊ गरी कडा कानूनी कारवाही गर्नुपर्छ, दलको दबावमा दोषीलाई छाड्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment