Comments Add Comment

फेसबुकमा शंकराचार्यविरुद्ध टिप्पणी गर्ने दुई युवक पक्राउ

५ साउन, काठमाडौं । फेसबुकमा शंकराचार्य स्वामी स्वरुपानन्दविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै भारतको छत्तिसगढमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

शंकराचार्य स्वरुपानन्द कबीरधाम जिल्लामा चतुर्मास गरिरहेका छन् । चतुर्मासबारे जानकारी दिन फेसबुकमा पेज समेत बनाइएको थियो ।

२२ वर्षका रवीन्द्र केसरी र २४ वर्षका मुलरी श्रीवासले शंकराचार्यविरुद्ध आप्पत्तिजनक टिप्पणी गरेको आरोप छ । उनीहरुविरुद्ध चतुर्मास आयोजक समितिले प्रहरीमा उजुरी दिएर प्रदर्शन समेत गरेको थियो ।

प्रहरीले धार्मिक मामिलामा आपत्तिजनक टिप्पणी गरेको आरोपमा भारतीय दण्ड संहिताको धारा २९४, २९८ आईटी एक्ट ६६ ए र १५१ अनुसार गिरफ्तार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment