Comments Add Comment

किन्ने हो विश्वकै सबैभन्दा लामो आची ?

मलद्वारबाट झरेको दिसा कतिसम्म लामो होला ? पृथ्वीको सबैभन्दा लामो दिसाको लम्बाइ कति होला ? के तपाइँ अनुमान गर्न सक्नुहुन्छ ? विश्वमा अहिलेसम्मको सबैभन्दा लामो आचीको लम्बाइ १ मिटर छ र त्यसको रंग आँखै रसाउने खालको खैरो-पहेँलो छ ।

यति लामो आची कुनै मान्छेको भने होइन । यो अहिले पृथ्वीमा रहेका कुनै जिवको पनि होइन । यो त करोडौँ वर्ष पहिले नै लोप भैसकेको डाइनोसरको हो ।

विश्वको सबैभन्दा लामो यहीँ आची आफ्नो बनाउन चाहनेका लागि एउटा सुन्दर मौका छ । अमेरिकाको लस एन्जल्समा यो अद्वितीय आचीको लिलाम बिक्रि हुँदैछ । जुलाई २२ मा हुने लिलाम बिक्रिमा यसको मूल्य ८ हजार देखि १० हजार अमेरिकी डलर सम्म पर्ने अनुमान गरिएको छ ।

वासिंटनको लेविस क्षेत्रमा पाइएको यो डाइनोसरको दिसा जिवावशेषको रुपमा रहेको छ । यो ५३ लाख देखि ३ करोड ३९ लाख वर्ष पहिलेको हुनसक्ने अनुमान वैज्ञानिकको छ ।

विश्वमा अहिलेसम्मकै सबैभन्दा लामो तथा पूरानो दिसाको रुपमा रहेको यो डाइनोसर-आची कडा छ र बाहिरी सतह चिल्लो छ । चार भागमा प्रस्तुत गरेर मार्बलमाथि राखिएको यो ४० इन्च लामो आची लिलामीमा राखिएपछि खरीद गर्न चाहनेको ठूलै भिड लाग्ने अनुमान गरिएको छ ।

उक्त प्रदर्शनीमा करोडौँ वर्ष पहिलेका कछुवाको दिसा पनि लिलामीमा राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment