Comments Add Comment

निर्वस्त्र शयन : सुखी दाम्पत्य जीवनको कडी

Naked-Sleeping

विवाहित जोडी जो रात्रिकालमा सँगै निर्वस्त्र शयन गर्न उनीहरुबीचको दाम्पत्य जीवन सुखपूर्ण तथा दहि्रलो र कसिलो बन्ने एक अध्ययनले देखाएको छ ।

१ हजार जना बेलायतीमा गरिएको अध्ययनले केवल सँगै खेलेर तथा बसेर मात्र नभै सँगै निर्वस्त्र सुत्नाले वैवाहिक जिवन सुखपूर्ण हुने देखाएको छ ।

अध्ययनका क्रममा निर्वस्त्र शयन गर्ने दम्पतीहरुमध्ये ५७ प्रतिशत आफ्नो वैवाहिक सम्बन्धमा खुसी रहेको पाइयो । जबकी सुत्दाखेरि पाइजामा लगाउने दम्पतीहरु मध्ये केवल ४८ प्रतिशत मात्र आफ्नो दाम्पत्य जीवनबाट खुसी थिए ।

निर्वस्त्र शयनबाट हुने कोमल स्पर्शले श्रीमान श्रीमतीबीचमा खुलापन बढाउँछ, आत्मीयतामा वृद्धि गर्छ, शोधकर्तामध्येका एक स्टेफाइन थियर्स र्याटक्लिफ भन्छन्, यसले स्वतः उनीहरुमा दाम्पत्य सुख र खुसीमा वृद्धि गर्छ ।

हप्तामा ३ पटक सेक्स, ७ पटक आलिंगन

यस्तै अमेरिकामा गरिएको एक अध्ययनले एक पूर्ण तथा सुखी दाम्पत्य जीवनका लागि हप्तामा ३ पटक सम्भोग तथा ७ पटक आत्मीय आलिंगन आवश्यक रहेको दाबी गरेको छ ।

१ हजार विवाहित दम्पतीमा गरिएको अध्ययनले हप्तामा १० पटक चुम्बन तथा महिनामा १० पटक सार्थक सम्वाद तथा वादविवाद वैवाहिक जिवनको सुखका लागि अनिवार्य रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment