Comments Add Comment

सिँचाइ आयोजना सुक्ने गरी कर्णाली नदीलाई दैनिक १८ घन्टा थुनिने

६ साउन, काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत आयोजनाले तीनवटा वृहत सिँचाइ आयोजनालाई गम्भीर असर पुग्ने गरी तल्लो तटीय कर्णाली नदीमा दैनिक १८ घन्टा पानी थुन्ने संरचना तयार पारेको छ ।
भारतीय कम्पनी जीएमआरले डिजाइन गरेअनुसार माथिल्लो कर्णाली निर्माण गर्ने हो भने ४० हजार हेक्टरमा सिँचाइ पुग्ने रानीजमरा कुलरिया, १५ सय हेक्टरमा सिँचाइ पुग्ने राजापुर र २५ सय हेक्टरमा सिँचाइ पुग्ने सुरजपुरा सिँचाइ आयोजना हिउँदमा सुक्ने अन्नपूर्ण पोस्टमा खबर छ ।
सिँचाइ विभागका महानिर्देशक माधव बेल्बासेले माथिल्लो कर्णाली आयोजनाबाट तीन सिँचाइ आयोजनालाई गम्भीर असर पर्ने औपचारिक जानकारी आइतबार पाएको बताए ।
जीएमआरले एकतफी रुपमा डिजाइन गरेर लगानी बोर्डसित अन्तिम सम्झौतामा पुग्न लाग्दा पनि सरोकारवाल निकायलाई बाइपास गरेर स्वीकृति दिने तयारी गरिएकोमा सिँचाइ विभागले गम्भीर आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment