Comments Add Comment

प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किए

susil koirala६ साउन, काठमाडौं । स्वास्थ्य उपचारका लागि एक महिनादेखि अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइराला मंगलबार साँझ स्वदेश फर्किएका छन् ।
फोक्सोमा क्यान्सरको संक्रमण देखिएपछि उपचारका लागि कोइराला एक महिनाअघि अमेरिका गएका थिए । अमेरिकामा उनले न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको समस्याको उपचार गराएका थिए । उक्त संक्रमणको रेडियोथेरापी विधिद्धारा उपचार गरिएको थियो ।
प्रधानमन्त्री कोइरालालाई लामो समयदेखि ब्रोङकाइटिस भएका कारण चिकित्सकहरुले दिएको सल्लाह अनुसार फोक्सोमा देखिएको क्यान्सरको संक्रमणलाई शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment