Comments Add Comment

काबुल हवाई अड्डामा आत्मघाती आक्रमण

६ साउन, काठमाडौं । अफगानिस्तानको काबुल हवाई अड्डा नजिकै आत्मघाती आक्रमण भएको छ । आक्रमणमा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ ।
तर, मारिएका विदेशीको राष्ट्रियता भने खुलेको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले आक्रमणको जिम्मा लिएको छ ।

तालिबानका प्रवक्ता अबीउल्लाह मुजाहिदले भने आक्रमणमा १५ जनाको मृत्यु भएको दाबी गरेका छन् । काबुल हवाई अड्डा नेटो सेनाको एक महत्वपूर्ण बेस हो । यसै कारण तालिबानले बेलाबेला रकेट आक्रमण गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment