Comments Add Comment

श्यामार्पा रिम्पोचेको अन्त्येष्टि नेपालमै गर्न दिन नागरिक अधिकारकर्मीहरुको आग्रह

६ असार, काठमाडौं । कणकमणि दीक्षितसहितका नागरिक अधिकारकर्मीहरुले श्यामार्पा रिम्पोचेको अन्त्येष्टि नेपालमै गर्न दिन सरकारसँग आग्रह गरेका छन् ।

दीक्षित सँगै रमेश ढुंगेल, गौरी प्रधान, संजीव शाक्य, सरोज धितालले संयुक्त नागरिक अपील जारी गरी रिम्पोचेेको इच्छा अनुसार नेपालमै अन्त्येष्टि गर्ने वातावरण मिलाउन आग्रह गरेका हुन् । रिम्पोचेेको जर्मनीमा निधन भएको थियो र उनको पार्थिव शरीर भारतको कालिम्पोङ्गमा छ ।

‘१४ औं अवतारी श्यामार्पा रिम्पोचेेलाई नेपालमा समाधिस्थ गर्ने विषयमा भू-राजनीतिक बखेडा उठाउनु हाम्रो लागि वाञ्छनीय कुरा होइन । श्यामार्पा रिम्पोचेको अन्त्येष्टिको विषयमा नेपालको आफ्नै निर्णय हुनुपर्दछ ।’ अपीलमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment