Comments Add Comment

एनआरएनए भवन निर्माणका लागि ब्रिसबेनबाट १५ लाखको प्रतिबद्धता

ब्रिसबेन । गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गर्ने नेपालीहरुले १५ लाख भन्दा बढी आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् । १८ जुलाई शुक्रबारका दिन लुम्बिनी रेस्टुरेन्टमा आयोजित आर्थिक संकलन तथा जलपान कार्यक्रममा उपस्थित नेपालीहरुबाट सो रकम प्रतिबद्धता अाएको हो । nrn-brisben-1

 एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा एनआरएनए ओसेनिया  आर्थिक संकलन समितिका संयोजक गणेश केसी, एनसीसी समन्वय समितीका संयोजक बिष्णु हमाल, एनआरएनए सचिव रन्जु वाग्ले,  एनआरएनए  संस्थापक सदस्य सुदीप कार्की, एनआरएन उपाध्यक्ष स्वतन्त्र प्रताप शाह, नाक अध्यक्ष डा केशब शर्मा, समाज सेवी जमुना घले, राजन कोइराला, हरि खड्का, इश्वर कुइंकेल, अभिमन्यु केसी, अभिमान सिंह बस्नेत, धिरेन्द्र थापा, डा अनिल शर्मा, बुनु गौतम लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

 कार्यक्रमलाई सम्वोधन गर्दै घलेले एनआरएनए भवनमा सबैको सहयोग र सहभागिता नै महत्वपूर्ण भएकाले भवन बनाउने एतिहासिक कार्यमा हातेमालो गर्न अनुरोध गर्नु भएको थियो । जिज्ञासुको उत्तर दिँदै घलेले भवन तथा जग्गाको वनावट संरचना र लागतका बारेमा प्रकाश पार्नु भएको थियो । nrn-bresbin-2

 भवन निर्माण सम्बन्धि अन्तरक्रियामा  बिद्यार्थी, समाजसेवी,प्रतिष्ठित तथा विज्ञ व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा एनआरएन भवन एउटा सकारात्मक पक्ष रहेको र आउने दिनहरुमा अन्य कार्यक्रम गरेर आर्थिक संकलनमा अझ सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए । एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष स्वतन्त्र प्रताप शाहको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन होमनिधि पौडेलले  गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment