Comments Add Comment

एशियन खेलुकदका २१ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइयो

६ साउन, काठमाडौं । असोजमा दक्षिण कोरियामा हुने एशियन खेलुकदका लागि पारस खड्कासहितका २१ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । प्रतियोगिता असोज ४ गतेदेखि २० गतेसम्म हुनेछ ।

सरकारले पुवुदु दशानायकेलाई प्रशिक्षकमा नियुक्त गरेपनि नेपाल क्रिकेट संघ क्यानले भने अरुण अर्याललाई प्रशिक्षक तोकिएको छ । ‘ओलम्पिक कमिटीले पहिले नै नाम मागेकाले हामीले अर्यालको नाम पठाएका हौं’ क्यानका कार्यालय प्रमुख छुम्बी लामाले अनलाइनखबरसँग भने ।

एनका अनुसार पुवुदुलाई नियुक्त गरेको औपचारिक जानकारी क्यानलाई गराइएको छैन । तर, प्रक्रिया मिलाएर प्रतियोगितामा सिजियर कोचका रुपमा पठाउने सम्भावना रहेको कार्यालय प्रमुख लामाले बताए ।

बन्द प्रशिक्षणमा बोलाइएका क्रिकेटहरुमा ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र सोमपाल कामी छन् ।  यस्तै मेहबुब आलम नरेश बुढायर, बसन्त रेग्मी, राहुल विक, प्रदिप ऐरी, जितेन्द्र मुखिया, भुवन कार्की, मंजित श्रेष्ठ, राजकुमार प्रधान, पुष्प थापा र रामनरेश गिरीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यस्तै महिला टोलीका लागि पनि २१ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।  जसमा रुविना क्षेत्री, ममता थापा, सरिता मगर, सीता राना मगर, करुणा भण्डारी, शोभा आले, रेखा रावल, कविता गौतम, काजल श्रेष्ठ, सोनु खड्का र अञ्जली चन्द छन् । यस्तै ममताकुमारी चौधरी, ज्योती पाण्डे, तिर्सना सिंह, सरस्वती चौधरी, नेरी थापा मगर, इन्दु शर्मा र विन्दु बुढा मगरलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

बन्द प्रशिक्षक काठमाडौंमै हुनेछ । यसका लागि राष्ट्रिय खेलकुद परिषद्सँग ३० लाख रुपैयाँ बजेट माग भएको क्यानका कार्यालय प्रमुख छुम्बी लामाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment