Comments Add Comment

यसकारण साह्रै खराब होइन बेरोजगार हुनु

यो अवश्यंभावी छ की जिवनको कुनै कालमा बेरोजगार भइन्छ । कलेज जिवन सकाए लगत्तै भविष्यको योजना बनाउने अवधि तथा आफ्नो व्यवसायिक जिवनमा काम छाडेर छोटो विश्राम लिने निर्णय गरिएको अवस्था त बेरोजगार हुने दुइ सही अवस्था नै हुन् । स्थायी जागिर तथा आम्दानी नहुँदा हामीलाई कहिलेकाही आफु निकै बेकम्मा तथा मूल्यहीन मान्छे भएजस्तो भान हुनसक्छ । तर तत्काल आफ्नो कुनै जागिर नहुँदैमा त्यति निरास तथा चिन्तित भैहाल्नु भने आवश्यक छैन । विज्ञहरुले पनि केही समयको लागि बेरोजगार हुनु खासै खराब नभएको र यसले व्यक्तित्व विकाशमा झनै सकारात्मक प्रभाव पार्ने बताएका छन् ।

unemployment1
बेरोजगार हुनु भनेको संसारको सबै समय तपाइँको आफ्नै हुनु पनि हो । उक्त स्वतन्त्र समयलाई तपाइँले आफ्नो ढंगले प्रयोग गर्न सक्नुहुन्छ । कुनै सीप सिक्नु, रुचीको काम गर्नु र भविष्यमा काम लाग्नसक्ने जिवनोपयोगी कामकुरा गर्नु यस्तो फुर्सदिलो समयको सदुपयोग गर्ने सबैभन्दा राम्रो उपाय हो ।
बेरोजगार भइएको फुर्सदको समयलाई आफ्नो सम्बन्ध विस्तारमा समेत प्रयोग गर्न सकिन्छ । कामबाट छुटकारा पाइएको समयमा तपाइँले आफ्नो सम्बन्ध तथा मित्रताका विषयमा केही काम गर्न पाउनुहुन्छ । साथीभाइ तथा परिवार तथा सामाजिक जिवन समेत कामको धपेडीले खल्बलिएको हुनसक्छ । जसलाई सही ट्रयाकमा लिएर सम्बन्धलाई पुनर्ताजगी गर्ने र दिगो बनाउने काममा आफ्नो फुर्सदको समयलाई सदूपयोग गर्नुहोस् ।
जागिर नभएर फुर्सदिलो भएको समय विदा मनाउने उपयुक्त समय पनि हो । यस्तो बेलामा तपाइँको काँधमा कसैले जिम्मेवारी थोपरिरहेको हुँदैन । कसैलाई प्रतिवेदन गर्नुपर्ने, बैठकमा जानुपर्ने जस्ता कुराको चिन्ता तपाइँलाई हुँदैन । यो समय तपाइँले आफ्नो सबैभन्दा भलो हुने काम गर्ने समय नै हेा । त्यसैले यस्तो बेलामा विदा मनाउन कुनै ठाउँमा निस्कनुहोस् र मज्जा लिनुहोस् । यसले तपाइँमा उर्जा संचार गराउने, जाँगर थप्ने र नयाँ काम थाल्नका लागि आत्मविश्वास बढाउन सहयोग गर्नेछ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment