Comments Add Comment

एमाअोवादी उपाध्यक्ष श्रेष्ठ कोरिया अाउँदै

सउल ।   एकीकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कोरिया आउने भएका छन् ।  पार्टीको प्रवासी  भ्रातृ संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाको तेस्रो अधिबेशनमा भाग लिन श्रेष्ठ कोरिया आउने भएका हुन् ।Narayan-Kaji-1

जनअधिकारी मञ्च  दक्षिण कोरियाको आगामी अगस्ट ३ तारिखमा हुने तेस्रो अधिबेसनका लागि श्रेष्ठलाई आमन्त्रण गरिएको मन्चका प्रचार बिभाग संयोजक चुडामणि अधिकारीले जानकारी दिए ।

अधिवेशनका लागि सम्पुर्ण तयारी पूरा भईसकेको बताउँदै प्रचार बिभाग संयोजक अधिकारीले अन्य अतिथिहरुमा अन्तर्राष्ट्रिय बिभाग सदस्य क.रोशन तथा क.राजको उपस्थितिमा अधिबेसन सम्पन्न गर्न विभिन्न बिभागहरु गठन गरिएको जानकारी दिए ।  कार्यक्रम सफल बनाउन कोरियामा रहेका संघ संस्थाका प्रतिनिधि, पत्रकार बुद्धिजिवीलगायत सबैमा उपस्थित हुन मन्चले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment