Comments Add Comment

एकै वर्षमा त्रिविका सवा लाख विद्यार्थी गायव

७ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा एकै वर्षमा आश्चर्यजनक रुपमा विद्यार्थी घटेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा भएकाले अघिल्लो वर्ष बढेको विद्यार्थी यस वर्ष घटेका हुन् ।
आर्थिक वर्ष ०६९/७० को तुलनामा ०७०/७१ मा एक लाख २५ हजार विद्यार्थी कम देखिएका छन् । त्रिवि योजना महाशाखाका अनुसार ०६९/७० मा दुई लाख ७३ हजार तीन सय ४९ विद्यार्थी रहेकामा ०७०/७१ मा एक लाख ४८ हजार विद्यार्थी मात्र रहेको नयाँ पत्रिकामा खबर छ । ०७० जेठमा हुने भनिएको स्ववियु चुनाव फर्जी विद्यार्थी भर्ना विवादले स्थगित भएको थियो ।
अघिल्लो वर्ष स्ववियु चुनाव हुने घोषणा भएपछि विद्यार्थी धेरै भर्ना भएको तर स्ववियु चुनाव नभएपछि यस वर्ष ह्वात्तै विद्यार्थी घटेको त्रिवि योजना महाशाखा प्रमुख प्रा. प्रह्लाद पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment