Comments Add Comment

आयल निगमले मन्त्रीलाई अमेरिका पठाउँदै

७ साउन, काठमाडौं । नेपाल आयल निगमले वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीलाई अमेरिका पठाउन लागेको छ । निगमले पेट्रोलियम पाइपलाइनका विषयमा अध्ययन गराउन भन्दै मन्त्रीलाई अमेरिका भ्रमण गराउन लागेको हो ।
निगमले राज्यमन्त्री केसीलाई अमेरिका पठाउने विषयमा निर्णय लिन बुधबार बोर्ड बैठक डाकेको नयाँ पत्रिकामा खबर छ । बोर्ड सदस्यलाई दिएको जानकारीमा राज्यमन्त्रीलाई बैठकमा पेट्रोलियम पाइपलाइनबारे अध्ययन गराउन अमेरिका पठाउनेबारे छलफल हुने उल्लेख छ ।
तर, पाइपलाइन विषयमा अध्ययन गर्न अमेरिका जान आवश्यक नरहेको निगमका एक उच्च अधिकारीले बताए ।
‘बुधबार दिउँसो निगम सञ्चालक समितिको बैठक डाकिएको छ,’ निगमका ती अधिकारीले भने, ‘बैठकमा पेट्रोलियम पाइपलाइन निर्माणबारे अध्ययन गर्न राज्यमन्त्रीस्तरको टोलीलाई अमेरिका पठाउनेलगायतका विषयमा छलफल हुने बताइएको छ । तर, पेट्रोलियम पाइपलाइनबारे अध्ययन गर्नकै लागि अमेरिका जान आवश्यक छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment