Comments Add Comment

सरकारी अड्डामा विदेशी सुराकी

७ साउन, काठमाडौं । नेपालमा सबैजसो मन्त्रालयलाई विदेशी दातृ निकायले सहयोग दिने, सहयोग रकमसँगै कार्यक्रम कार्यान्वयनका लागि प्रतिनिधि राख्ने चलन पुरानै हो । दातृ निकायका यस्ता प्रतिनिधि मन्त्रालयमै कार्यालय खडा गरी बस्नेगरेका छन् ।
मन्त्रालयका विदेशी संस्थाका प्रतिनिधि र सरकारी कर्मचारी को हुन् चिन्न गाह्रो पर्छ । अब भने पैसा पाइयो भन्दैमा दाताको मागबमोजिम मन्त्रालयमै प्रतिनिधि राख्नुपहिले सचेत हुने अवस्था आएको छ । स्वास्थ्यमा राखिएका ग्लोबल फन्डका प्रतिनिधिले त्यहाँका सरकारी सूचना चोरी गरी अन्तै पुर्‍याएको आरोपमा केन्द्रीय अनुसन्धान व्युरोले पक्रेपछि दाताको नियत उदांगिएको जनआस्था साप्ताहिकमा खबर छ ।
सुरुमा फन्डको मागअनुसार नै प्रतिनिधिका रुपमा एक समूहलाई कार्यालय खडा गरी मन्त्रालयमा बस्न दिइएकोमा स्वास्थ्यका उच्चाधिकारीकै उजुरीमा व्युरोले गोकर्ण भट्टलाई गत साता हिरासतमा पुर्‍याएको हो ।
ग्लोबल फन्डले स्वास्थ्य मन्त्रालयमार्फत मलेरिया र एड्ससम्बन्धी कार्यक्रममा सहयोग पुर्‍याउँदै आएको छ । सहयोग परिचालनका लागि फन्डका तर्फबाट मन्त्रालयमै बसी गोकर्णले ४ वर्ष बढीदेखि काम गर्दै आएका थिए । उनलाई फन्डको कन्ट्री कोअर्डिनेसन मेकानिज्म (सिसिएम) संयोजकको जिम्मेवारी दिइएको हो । तर, उनीमाथि विदेश भ्रमण र सहयोगका नाममा प्रलोभन बाँड्दै अरु महाशाखा तथा शाखाबाट समेत सूचना लिने गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment