Comments Add Comment

साफ्टाको बैठकमा भाग लिन वाणिज्य तथा आपूर्ति मन्त्री भुटान जाँदै

७ साउन, काठमाडौं । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को वाणिज्य मन्त्रीस्तरीय बैठकमा भाग लिने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा बुधबार भुटानको थिम्पु जाँदैछन् ।
साफ्टाको बैठकमा थापाले नेपालको तर्फबाट मुख्यतया क्षेत्रीय आबद्धता, सार्क सदस्य मुलुकबीच व्यापारको अभिवृद्धि, व्यापार उदारीकरण, प्रक्रिया सरलीकरण तथा क्षेत्रीय स्वतन्त्र व्यापार क्षेत्रका सन्दर्भमा नेपालको धारणा राख्ने मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको संवेदनशील वस्तुहरूको समितिको बैठकमा पनि वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च पदाधिकारीहरूको सहभागिता रहनेछ । नेपाली प्रतिनिधि मण्डलका अन्य सदस्यहरूमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, सहसचिव जीवराज कोइराला तथा परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयका पदाधिकारीको सहभागिता रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment