Comments Add Comment

भारतीयद्वारा अतिक्रमित जग्गा पाउनुपर्ने सुस्तावासीको माग

७ साउन, नवलपरासी । नवलपरासीको सुस्तावासीले सुस्तामा पटकपटक भारतीय पक्षद्वारा अतिक्रमण हुँदै आएको नेपाली भूमि सुस्तावासीले फिर्ता पाउनुपर्ने माग राखेका छन् ।
सुस्तावासीले मङ्गलबार आफ्नो जग्गाधनी पुर्जा प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाउँदै सो माग राखेका हुन् । सुस्ता बचाउ तथा पुनस्र्थापना सङ्घर्ष समिति नवलपरासीले दुईबुँदे माग राख्दै सुस्तावासीको नाममा रहेको जग्गा सुस्तावासीले पाउनुपर्ने र सो क्षेत्रको संरक्षण हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
विसं २०३५ मा नारायणी नदीमा आएको बाढीबाट सुस्ताक्षेत्र समाहित हुन पुगी स्थानीयवासी घरविहीन हुँदा सरकारले नारायणी नदीपारि सुस्ता-२, ८ र ७ वडामा एक बिघा १० कट्टा क्षेत्रफलमा २ सय ५४ घरधुरीलाई बसोबास गराएको थियो ।
त्यसपश्चात् सुस्ताको भूभागमा र्फकंदा त्यो जग्गा भारतीय पक्षबाट अतिक्रमण गरिसकेको सङ्घर्ष समितिका अध्यक्ष बुद्धिसागर उपाध्यायले बताए । उनले भने, ‘पटकपटक जग्गाविहीन भएका हामी सुस्तावासी जिल्ला प्रशासन कार्यालय जाँदा कुनै सुनुवाइ नभएको र हामी पुर्जा भए पनि अहिले पुर्जार्विहीनजस्तो अवस्था रहेको छ ।’ विसं २०२२ देखि भारतका स्थानीय प्रशासन र जमिनदारको सक्रियतामा भारतीय नागरिकले खेत अधिया गर्ने बहानामा सुस्ताभित्र नेपाली भूमि भारतीयद्वारा अतिक्रमण गरेको त्रिवेणी सुस्ताका चिरन्जीवी ढुङ्गानाले बताए ।
बाढीआएको बेला सुस्ता छोड्ने अवस्था सिर्जेको थियो पछि र्फकेर आˆनो भूमिमा जाँदा ती भारतीय मजदुर र भारतीय पक्षद्वारा भूमि नै अतिक्रमण गरिसकेका र हामीले हाम्रो जग्गा हो दाबी गर्दा भारतीय एसएसबी र भारतीय पक्षले झैंझगडा गर्ने र हामीलाई लखेट्ने कामसमेत गरेका ढुङ्गानाले बताए ।
करिब ६८ हजार हेक्टर क्षेत्रफलमा अवस्थित सुस्ता भूमि भने अहिले १४ हजार हेक्टर क्षेत्रफल जग्गा अतिक्रमण भइसकेको छ भने सात हजार हेक्टर जग्गा नेपाली भूमि भए पनि भारतले विवाद गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment