Comments Add Comment

खड्ग गर्बुजाले नचाए बाल्टिमोरका नेपालीलार्इ

बिजय थापा

us-2भर्जिनिया । नेपालको सर्बाधिक चर्चित लोक गायक खड्ग गर्बुजाको ठेट लोक गीत सुन्न बाल्टिमोरमा सयैं नेपाली जम्मा भए । अमेरिकामा पहिलोपटक आयोजना गरिएको “खड्ग गर्बुजा एकल साँगीतिक साँझ” मा प्रती ब्यक्ती ३० डलर प्रवेश शुल्क तिरेर ६ सय भन्दा बढी नेपालीहरु जम्मा भएको न्युयोर्कबाट मानबहादुर राना मगरले बताए ।

अमेरिकामा हुने गरेका नेपाली साँस्कृतिक कार्यक्रमहरुमा संधै ड्याङ्ग ड्याङ्ग, डुंगडुंङ् र पप् गीत तथा अंग्रेजी गीत बज्ने गरे पनि मगर संघले अयोजना गरेको कार्यक्रममा ठेट लोक भाका प्रस्तुत गरिएको थियो । यसपटक आयोजित ठेट लोक भाकामा सर्बाधिक चर्चित गायक खड्ग गर्बुजाको एकल साँगीतिक साँझमा बिशेषगरी नेपालको मगर समुदायको प्रचलित गीत: गाउँका जात्राहरुमा एक मिनेट पनी बिश्राम नगरिकन ७ दिन ७ रात सम्म नाच्दै गाईने गीत “ख्याली”, म्याग्दी बाग्लुङ्ग तिरको भूमे पुजामा ७ दिन ७ रात सम्मै गाईने गीत तथा लोक गीत प्रस्तुत गरिएको थियो ।

नौमती (पन्चे) बाजाको भाकामा २००-३०० जनाको समुहलाई नै खड्ग गर्बुजाले रातीको २ बजे सम्म नचाएका थिए । म्यारिल्याण्ड र पेन्सिल्भानिया राज्यको लागि नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदुत बरिस्ठ लोक गायक प्रेमराजा महतले पनी खड्ग गर्बुजालाई साथ दिएका थिए । बाल्टिमोरको साथै, न्यूयोर्क र क्यालिफोर्नियामा पनि खड्ग गर्बुजाको कार्यक्रम हुने बताईएको छ ।

us-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment