Comments Add Comment

प्रिमियर लिगमा १० वर्ष राज गर्ने माउरिन्होको सपना

Jose Mourinho

७ साउन, काठमाडौं । फेस फेब्रिगास, डिएगो कोस्टा र फिलिप लुइसलाई भित्र्याएपछि चेस्सीका प्रशिक्षक जोजे माउरिन्हो प्रिमियर लिगमा १० वर्ष राज गर्ने सपना देख्न थालेका छन् ।

सफल प्रशिक्षक मध्येका एक माउरिन्हो यो सिजन चेल्सीले प्रिमियर लिग नजित्ने सोचेको भए स्टामफोर्ड ब्रिजमा आफू नहुने बताउँछन् । प्रि सिजन टुरका क्रममा अष्ट्रियामा रहेका माउरिन्होले भनेका छन्–दश सिजन विजेता बन्नका लागि टिम बनेको छ, जुन क्रमिक रुपमा परिवर्तन हुँदै जान्छ । हामीले नयाँ खेलाडी पनि ल्याएका छौं ।’

गत सिजन चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको भन्दै उनले भने–‘हामीसँग युवा टिम थियो तर, पनि हामी सेमिफाइनल पुग्यौं । यो सिजन हामी बलियो भएका छौं । युवा खेलाडीहरुले धेरै अनुभव लिए ।’

चेल्सी यो सिजन उपाधि जित्ने भन्दै ५१ वर्षीय प्रशिक्षक माउरिन्होले अघि भने–‘यदि मैले यस्तो सोचिन भने घर गए हुन्छ । अरु कोही टिमको प्रशिक्षक हुन्छ ।’

इङ्ल्याण्डको लिग उत्कृष्ट भएको भन्दै उनले प्रिमियर लिगमा मात्रै पाँच/छ बटा क्लब उपाधि होडमा रहने बताए । म्यानचेष्टर युनाइटेड, सिटीसँगै टोटनह्याम, आर्सनल र लिभरपुलले उपाधि जित्ने सक्ने उनको बुझाइ छ । उनले भने–‘हामी हाम्रो प्रतिद्वन्द्वी र उनीहरुको उद्देश्यको सम्मान गर्छौं किनकी उनीहरुसँग पनि त्यो क्षमता छ । तर, हामी प्रिमियर लिग जित्न चाहन्छौं र तयार छौं ।’

माउरिन्हो यो सिजन च्याम्क्पियन्स लिग अहिलेसम्मकै प्रतिस्पर्धात्मक हुने बताउँछन् । उनले भने–‘स्पेन, जर्मनी र इङ्ल्याण्डका टिमहरु बलियो भएका छन् । सम्भव भएसम्म उत्कृष्ट खेलाडीहरु किन्न पैसा खर्च गरिरहेका छन् ।’

चेल्सीले पहिले समूह चरण पार्न गर्न खेल्ने भन्दै उनले भने–‘यदि हामी नकआउट चरणमा पुग्यौं भने के हुन्छ त्यसैबेला हेरौंला ।’

यो सिजन बार्सिलोनाले लुइस स्वरेजलाई भित्र्याएको छ भने रियल मड्रिडले जेम्स रोड्रिग्वेज र टोनी क्रुज । यस्तै आर्सनलले एलेक्स सान्जेचलाई किनेको छ भने लिभरपुलले रिकी लाम्बर्टसहितका खेलाडी भित्र्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment