Comments Add Comment

डेटिङ एपः अब अनुहार नहेरी आवाजबाटै पार्टनर छान्न सकिने

Date-Main
अनलाइन डेटिङका क्रेजीहरुका लागि सजिलो एप तयार भएको छ जसले तस्वीर नहेरी आवाजबाटै आफुलाई मन पर्ने पार्टनर छान्न सम्भव गराइदिनेछ ।
रिभेलर नामक उक्त एपका सर्जकहरुले यो एपको माध्यमबाट डेटिङमा सतहीपना अन्त्य गर्ने र आँखा चिम्लिएर आफुलाई सुहाउँदो जोडी खोज्न सहज बनाउने उद्धेश्य राखिएको बताएका छन् ।
यो नयाँ एपमा डेटिङका लागि पार्टनर खोजिरहेको व्यक्तिको २० सेकेण्डको एक साउण्ड क्लिपको प्रयोग हुनेछ । तर, उसको तस्वीर भने धमिलो पारिएको हुन्छ ।
त्यसपछि प्रयोगकर्तालाई उनीहरुका सम्भाव्य नजिकको व्यक्तिको सूचि मिलान गरिन्छ जसमा व्यक्तिको नाम, उमेर, स्थान तथा उनीहरुको आफ्नो आवाजबाट परिचय ।
जब दुईबीचको आवाजबाट डेटिङ पार्टनर बन्न सक्ने ठहर एपले गर्छ तब ती एकअर्कालाई उनीहरु दुबैको तस्वीर देखाइन्छ । प्रयोगकर्ताहरुले आफुले रोजेका प्रसस्तै अन्य कामूक आवाज समेत सुन्न सक्छन् ।
बेलायतका २७ वर्षे गुए ह्यारिंगटन र ३२ वर्षे पाउल लेइटले यो एपको विकाश गरेका हुन् । अहिलेका डेटिङ एपहरु हावादारी रहेकै कारण आफुहरुले साँच्चीकै भरपर्दो डेटिङ एपको रुपमा रेभेलरको विकाश गरेको गुइको दाबी छ ।
डेटिङ एप टिन्डरबाट दिक्क भएकै कारण आफुहरुले एक दिन आँखा चिम्लिएर डेट जाने स्टाइलको एपको विकाश गर्ने सोँचेका उनको भनाइ छ । कसैले यो एपको माध्यमबाट डेटिङ गएर बिहे समेत गरेभने आफुहरुलाई निकै खुसी लाग्ने उनी बताउँछन् ।
एप्पलको एप स्टोरका एक प्रयोगकर्ताले भनेका छन्, ‘मान्छेको तस्वीर नदेखिकनै उसको आवाज सुन्दा एक अर्काबीचको सम्बन्ध अझै बलियो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment