Comments Add Comment

‘लोग्ने मान्छे’ को घोषणामा हिरोइनको ‘हट पोज’

IMG_4049
निर्देशक लय संग्रौलाले आफ्नो सपनाको सिनेमा भन्दै ‘लोग्ने मान्छे’को काम थालेका छन् । विशुद्ध पारिवारिक चलचित्रमा दीलिप रायमाझी, नन्दिता केसी, अनिशा गुरुङ, वालदिप राई, धु्रव कोइराला लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा कथा, पटकथा, संवाद तथा गीत पनि संग्रौलाकै रहेको छ । चलचित्रको निर्माण प्रदिप मित्तलले गर्न लागेका हुन् ।

चलचित्रको निर्माणमा मदनगोपाल सुब्बाले पनि साथ दिनेछन् । सिनेमा घोषणा कार्यक्रममा उपस्थित कलाकार अनिशा गुरुङको पहिरनमा धेरैको ध्यान गयो । उनकै कारणले निर्माणपक्षले एक घन्टा ढिलो कार्यक्रम सुरु गरेको थियो । यसअघि ‘विन्दास २’मा आफ्नो गोप्य अंग सिनेमाको प्रदर्शन मिति र नामले छोपेकी यी कलाकारले ‘लोग्ने मान्छे’को पत्रकार सम्मेलनमा भने निक्कै हट पहिरन लगाएकी थिइन् । जसका कारण पनि उनले आफ्नो भित्री बस्त्र लुकाउन सकिनन् ।

चलचित्रको छायांकन साउन २२ गतेबाट सुरु हुनेछ । पूर्वका केही रमणिय स्थानका साथै काठमाण्डौमा सिनेमाको छायांकन हुने निर्देशक संग्रौलाले जानकारी दिए । चलचित्रमा रोशन श्रेष्ठका एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment