Comments Add Comment

चलचित्र ‘ठुली’ अमेरिकामा प्रदर्शन हुने

विजय थापा

भर्जिनिया । नेपाली कथानक चलचित्र ‘ठुली’ नेपाल अधिराज्यभर हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आउँदो भाद्र ६ गते प्रदर्शन हुने भएको छ ।thuli-

 अमेरिकामा नेपालपछि भाद्र २२ गते प्रदर्शन गरिने भएको छ । हाल सालै चलचित्र ‘ठुली’को ट्रेलर (झलक) सार्वजनिक गरिएको छ । चलचित्र ‘ठुली’एउटा सम्भावना बोकेको चलचित्रको रुपमा हेर्न थालिएको छ ।

 ​​निर्देशक एभरेस्ट सुर्य बोहोराले निर्देशन गर्नु भएको चलचित्र ‘ठुली’को गीत संगीतले बजारमा दर्शक तथा स्रोताको मन जित्न सफल भईसकेको छ ।सत्य घटनामा आधारित महिलाहरुको बिषय वस्तुलाई केन्द्र बनाई निर्माण गरिएको चलचित्रमा बोक्सी तथा तीज सम्बन्धि कथावस्तु राखिएको अमेरिकामा रहेका कलाकार तथा चलचित्रका निर्माता पुस्कर पन्त बताउँछन् ।

 पुस्कर पन्त भन्छन नेपालपछि सबै भन्दा पहिला अमेरिकामा सेप्टम्बर ७ तारिखको दिन डिसी महानगर क्षेत्रमा देखाईने बताउँछन् । ‘ठुली’ अहिलेको चर्चित तथा सार्क फिल्म उत्सब २०१४ पुरस्कार बिजेता अभिनेतृ गरिमा पन्त र जीवन लुइटेल जोडदार अभिनय रहेको चलचित्रको सार्वजनिक भएको छोटो श्रब्य दृश्यको झलकले दर्शकको मन जित्न सफल भएको छ भनि पुस्कर पन्त बताउँछन् ।

 निर्देशक एभरेस्ट सुर्य बोहोरा पनि चलचित्र सफल हुन्छ भन्नेमा पूर्ण बिश्वस्त रहेका छन् । एभरेष्ट कला यात्रा चलचित्रको झन्डामा पुस्कर पन्तले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन् ।  चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कन्चन ठकुरी, निला बस्नेत, बिसाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ ।

 ​​शेरबहादुर लामाले छायांकन गरेको चलचित्रमा बसन्त सापकोटाको संगीत, सुरेन्द्र बिक्रम शाहको द्वन्द्व,बसन्त श्रेष्ठको नृत्य तथा मित्र गुरुङको सम्पादन रहेको छ । चलचित्रमा काठमाडौँ चितवन लगायतका विभिन्न स्थानमा छायांकन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment