Comments Add Comment

बाल्टिमोरमा ‘खड्ग गर्बुजा’ एकल साँगीतिक साँझ (फोटोफिचर)

बिजय थापा

भर्जिनिया । नेपालको सर्बाधिक चर्चित लोक गायक खड्ग गर्बुजाको ठेट लोक गीत सुन्न बाल्टिमोरमा ६ सय नेपाली जम्मा भएका छन् । अमेरिकामा पहिलोपटक आयोजना गरिएको “खड्ग गर्बुजा एकल साँगीतिक साँझ” मा प्रति व्यक्ति ३० डलर प्रवेश शुल्क तिरेर ६ सय भन्दा बढ्ता नेपालीहरु जम्मा भएको न्युयोर्कबाट आएका मान बहादुर राना मगरले बताए ।baltimore-sajh-9

अमेरिकामा हुने गर्ने नेपाली साँस्कृतिक कार्यक्रमहरुमा संधै ड्याङ्ग ड्याङ्ग ,डुंगडुंङ्, ढ्याक ढ्याक र ढुस् ढुस् गर्ने पप गीत, डिजे, हिन्दी गीत र अंग्रेजी गीत प्रस्तुत हुने गर्दछ भने मगर संघ, अमेरिका त्यस्तो एक मात्र संस्था हो जसले बिदेशमा पनी नेपाली लोक संस्कृति संरक्षण गर्न ठेट लोक भाका प्रस्तुत गर्ने गर्दछ ।baltimore-sajh-10

यसपटक आयोजित ठेट लोक भाकामा सर्बाधिक चर्चित गायक खड्ग गर्बुजाको एकल साँगीतिक साँझमा बिशेष गरी नेपालको मगर समुदायको प्रचलित गीत: गाउँका जात्राहरुमा एक मिनेट पनि बिश्राम नगरी ७ दिन ७ रातसम्म नाच्दै गाइने गीत “ख्याली”, म्याग्दी बाग्लुङ तिरको भूमे पूजामा ७ दिन ७ रातसम्मै गाईने गीत “भईच साँईला, गोरखा, लम्जुङ, तनहुँ,कास्की, पर्बत, गुल्मी, रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङतिरका बहुप्रचलित र बहुचर्चित भाका “सालैलो” र “यानीमाया” साथै नेपालको १४ अञ्चल ७५ वटै जिल्लाको नौमती (पन्चे) बाजाको भाकामा झन्डै तीन सय जनाको समुहलाई नै खड्ग गर्बुजाले रातिको २ बजेसम्म नचाए, कार्यक्रममा भाग लिएका म्याग्दीका खेम भट्टचनले भने ।

baltimore-sajh-8

म्यारिल्याण्ड र पेन्सिल्भानिया राज्यको लागि नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदुत बरिष्ठ लोक गायक प्रेमराजा महतले पनि खड्ग गर्बुजालाई साथ दिँदै दर्शकहरुलाई नचाए-बाल्टिमोरबाट प्रभु थापाले बताए । कार्यक्रमको “हल” रातिको १२.०० बजे सम्मलाई लिईएको थियो । तर ३०० जति कुर्सिमा बसेर हेर्ने र अर्को ३०० जति मञ्च अगाडी गएर नाच्ने गरेर प्रेमराजा महत र खड्ग गर्बुजालाई गीत सकेर मञ्चबाटै जानै नदिएकाले १२.०० बजे सम्मको हललाई महँगो शुल्क तिरेर रातिको २.०० बजे सम्म थप्नु परेको कुरा आयोजक मगर संघ अमेरिकाका अध्यक्ष भूतपूर्व ब्रिटिश गुर्खाजका क्याप्टेन दल बहादुर रोकाले बताए । बाल्टिमोरको साथै न्युयोर्क र क्यालिफोर्नियामा पनी खड्ग गर्बुजाको कार्यक्रम हुने बताईएको छ ।

baltimore-sajh-2

baltimore-sajh-3

baltimore-sajh-4

baltimore-sajh-5

baltimore-sajh-6

baltimore-sajh-7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment