Comments Add Comment

संयुक्त लगानीमा भारतमा बैंक खोल्ने मेगा बैंकको योजना

Mega-Bank-4th-anniversary2

७ साउन काठमाडौं । मेगा बैंक लिमिटेडले भारतमा संयुक्त लगानीमा बैंक खोल्ने योजना रहेको बताएको छ । भारतको सिक्कीम, दार्जिलिङ र देहरादुनबाट मेगा बैंकका शाखा खोल्न माग आएको जनाउँदै भरतीय बैंकहरुसँगको संयुक्त लगानीमा भारतमा लगानी गर्ने योजना रहेको बैंकका अध्यक्ष प्रा.डा. मदनकुमार दाहालले जानकारी दिए ।

‘प्रतिस्पर्धा र क्षमताका आधारमा देशबाहिर संयुक्त रुपमा मेगा बैंक खोल्ने हाम्रो दिर्धकालीन योजना उद्देश्य हो, युरोप, अमेरिका, जापान, जान नसकेपनि हिन्दुस्तानमा संयुक्त साझेदारीमा बैंक खोल्न चाहन्छौ’ बैंक पाँचौ वर्ष प्रबेस गरेको अवसरमा बुधबार प्रधान कार्यालय कान्तिपथमा भएको पत्रकार सम्मेलनमा दाहालले भने । उनले चार/पाँच ठाउँमा क्षेत्रीय कार्यालय खोलेर अघि बढ्ने सोच रहेको बताए ।

चार वर्षमा लगानीकर्तालाई साढे चार गुणा प्रतिफल

स्थापनाको चार वर्षमा बैंकले सेयरधनीलाई लगानीको साढे चार गुणा प्रतिफल दिएको छ । चार वर्षअघि सय रुपैयाँ लगानी गर्ने प्रवर्द्धकहरुको सेयरमुल्य साढे ४ गुणाले बढेर हाल ४ सय ६९ रुपैयाँ पुगेको छ । १५ महिना अघि मेगा बैंकले निस्कासन गरेको अाइपिअोमा २२ गुणाा बढी अावेदन परेको थियो ।

‘स्थापनाको छोटो अवधिमै मेगा बैंकले ग्राहकलाई राम्रो प्रतिफल दिन सफल भएको छ’ बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भनिन- २८ औं वाणिज्य बैंकको रुपमा २०६७ साउन ७ गते स्थापना भएको बैंक अहिले नाफाका आधारमा २१ औं स्थानमा छ । हाल ३० वाणिज्य बैंक सञ्चालनमा छन ।

Mega-Bank-4th-anniversary

आर्थिक वर्ष २०७०/०७१ म्ा बैंकले २५ करोड ७९ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांस दिएको थियो । समकक्षी बैंकहरुको तुलनामा मेगा बैंकले सेयरधनीलाई उच्च प्रतिफल दिन सफल भएको बैंकका अध्यक्ष दाहालले बताए ।

गत आर्थिक वर्षसम्ममा बैंकले १७ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकका ग्राहक एक लाख ३० हजार पुगेका छन् । कर्जाको औसत आकार १६ लाख र निक्षेपको औसत आकार  एक लाख ४३ हजार रुपैयाँ रहेको छ ।

देशभर बैंकका २८ शाखा र ३१ एटीएम सञ्चालनमा छन् । ४७ स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले ११ ५० स्थानमा मेगा रेमिट सञ्जालको विस्तार गरेको छ । हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ अघि बढेको बैंकले धनीदेखि गरिव तथा महिलासम्मलार्इ सुलभरूपमा वित्तीय सेवा प्रदान गर्दै अाएको छ । यो वर्ष एसइमइ र कर्पोरेट बैंकिंगबीचको खाडल पुर्न मिड कर्पोरेट इकाइ खडा गर्न लागिएको निमित्त सिइअो खुञ्जेलीले जानकारी दिइन ।

यसैबीच बैंकले पवित्रा सेवा समाजलार्इ ९९ हजार ९ सय ९९ रूपैयाँ नगद सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment