Comments Add Comment

साउन ३० देखि तिनाउ बैंकको हकप्रद शेयर

७ साउन, काठमाडौं । रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ विकास बैंकले ३ लाख २२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले शेयरधनीहरुका लागि ४ शेयर बराबर १ हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद साउन ३० गतेदेखि असोज २ गतेसम्म बिक्री खुल्ला रहने छ । तिनाउ बैंकमा साउन १३ गतेसम्म शेयर धनी भइसकेका लगानीकर्ताले हकप्रद शेयरका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ ।

१२ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजी चुक्ता पुँजी रहेको बैंकको हकप्रद वितरण पश्चात चुक्ता पुँजी १६ करोड १० लाख रुपैयाँ पुग्ने छ । बैंकले हकप्रद निष्काशन तथा बिक्रीका लागि नागरिक लगानी कोषलाई जिम्मा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment