Comments Add Comment

कांग्रेस र एमालेजस्तो माओवादी प्रदुषित भएको छैन : वैद्य

७ साउन, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले आफ्नो पार्टी कांग्रेस-एमाले जस्तो प्रदुषित नभएको बताएका छन् । उनले पार्टीको हालै सम्पन्न केन्द्रीय समितिमा सचिव नेत्रविक्रम चन्द विप्लपले राखेको फरक मतलाई पार्टी कार्यदिशा सम्बृद्ध बनाउने प्रयास भनेका छन् ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले भने-‘समानान्तर कमिटी हल्लाको कुरा हो, चाहे कांग्रेसको कुरा गर्नुस्, चाहे एमालेको कुरा गर्नुस्,सबैको त्यो हिसावले जाने भएका छन् । हाम्रो के देखिन्छ भने यी सबै प्रदुषणबाट हाम्रो पार्टी मुक्त छ ।’ पार्टीमा केही समस्या पनि भएको भन्दै उनले भने ती समस्याहरुको समाधान गर्न हामी गम्भीरताका साथ अगाडि बढेका छौं ।’

गत मंसिरमा सम्पन्न केन्द्रीय समिति बैठकले लिएको कार्यनीति नै कायम रहेको वैद्यले बताए । सर्वपक्षीय राजनीतिक सभाका लागि सरकार र दलहरुले सकारात्मक रुपमा लिएको भन्दै उनले भने-परिस्थिति यथावत भएकाले कार्यनीति पनि यथावत छ, यसैलाई लिएर अघि बढ्छौं ।’

पार्टी भनेको विपरीतहरुको एकत्व भन्दै उनले पार्टीभित्र बहस हुनु सकारात्मक र आवश्यक भएको बताए । कार्यदिशालाई सम्बृद्ध बनाउन भएको छलफललाई नकारात्मक रुपमा लिन नहुने भन्दै उनले भने-‘विप्लवले फरक प्रस्ताव ल्याउनुभएको छ त्यो हामी सल्लाहै गरेर भन्नुस् ।’

महाधिवेशनले पारित गरेको जनयुद्धको जगमा जनविद्रोहलाई कसरी सम्बृद्ध बनाउने भन्ने आफ्नो प्रस्ताव रहेको भन्दै बैद्यले फरक प्रस्तावबारे विल्पवले नै भन्नुहुन्छ भन्दै माइक दिए । प्रष्ट जवाफ नदिएका विप्लवले कार्यदिशालाई कसरी सम्बृद्ध बनाउने, स्वाधीनता सुनिश्चिता कसरी गर्ने भन्ने अनुसन्धान भइरहेको बताए । उनले भने-यो विपरीतहरुको लडाइँ मात्र होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment