Comments Add Comment

प्रियंका चोपडासँग सुनिल थापाको गज्जबको केमेष्ट्री(भिडियो)

priyanka-and-sunil-thapa
संभवत, नायिका मनिषा कोइरालापछि बलिउडमा आफ्नो दरिलो उपस्थिती जनाउने अर्का नेपाली कलाकार सुनिल थापा नै हुन् । सुनिल थापाको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कोम’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा र नायिका प्रियंका चोपडाको मुख्य भूमिका देख्न सकिन्छ ।

भारतकी चर्चित बक्सर मेरी कोमको जीवनीमा आधारित यो बायोपिक सिनेमामा सुनिल थापा नायिका चोपडाको गुरुको भूमिकामा देखिएका छन् । करिब साढे २ मिनेट लामो ट्रेलरमा उनको भूमिका शक्तिशाली देखाइएको छ । भन्साली ब्यानरमा निर्माण भएको यो सिनेमा सेप्टेम्बर महिनामा प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment