Comments Add Comment

विदेशमन्त्रीको भ्रमण मोदीको भ्रमणको पूर्व तयारी : भारतीय राजदूत

७ साउन, काठमाडौं । भारतीय राजदुत रञ्जित रेले विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारी भएको बताएका छन् । नेपालमा हुने दुई देशका विदेशमन्त्री स्तरीय बैठकले प्रधानमन्त्रीको भ्रमणमा क्रममा हुने सहमभलदारी र एजेण्डाहरु तय गर्ने बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राजदूत रेले भने-‘नेपाल भारतवीचको सम्बन्धले अब नयाँ उचाई प्राप्त गर्छ । दुई देशको विचमा रहँदै आएको ग्याप हट्छ ।’ मोदीको भ्रमणले नेपाल-भारत सम्बन्ध अझै प्रगाढ हुने भन्दै उनले जलविद्युतसहित सम्पूर्ण क्षेत्रमा बृहद साझेदारी सुरु हुने दावी गरे ।  समझदारीका साथ अघि बढे भ्रमण फलदायी भएर दुबै देशले फाईदा लिन सक्ने भन्दै राजदुत रेले जलविद्युत निर्माणमा भारतले सम्झौता मात्रगर्छ निर्माण गर्दैन भन्ने नेपालीको धारणामा परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे ।

भारत सरकार आगामी दिनमा सवै खाले जलविद्युत आयोजनाहरुमा नेपाल सरकारसंग सम्झौता गरी सहकार्य गर्न तयार रहेको उनले बताए । जलविद्युत नेपालको विकासको मेरुदण्ड भएको भन्दै उनले दुबै देशमा स्थिर सरकार भएको बेला यस विषयमा सहमति गर्न उपयूक्त हुने तर्क गरे । उनले भने-‘अब राजनीतिक सहमति गरेर अघि बढ्नुपर्छ । आ-आफ्नो सार्वभौमतालाई ख्यालमा राखेर सम्झौता गर्नुपर्छ ।’

कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नेपाल र भारतको सम्बन्धलाई उच्च तहमा पुर्याउने भन्दै यसबाट फाईदा लिन नेपाल र भारतले आ-आफ्नो स्वार्थ अनुसारको एजेण्डा तय गर्नु पर्नेमा जोड दिए । एमाओवादी नेता राम कार्कीले नेपालका प्राथमिकता भारतले नभई नेपाल आफैले तयार गर्नु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले दुई देशवीच रहेको समस्या टेवलमा बसेर समाधान गरेर मौकाको फाईदा नेपालले लिन सक्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment