Comments Add Comment

मधेस मुद्दामा बेइमानी गरे संविधानसभा छाड्ने सदभावनाको चेतावनी

७ साउन काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले नयाँ संविधानको मस्यौदा निर्माणमा मधेसका मुद्दामा बेइमानी गरे संविधानसभा परित्याग गरी आन्दोलनमा जाने बताएको छ ।

बुधबार पत्रकार सम्मेलन गरी सदभावनाले आन्दोलन र संविधान निर्माण नहुन्जेल पार्टी सरकारमा सामेल नहुनेबारे छलफल चलाएर निर्णय लिने समेत बताएको छ । अध्यक्ष महताले भने-‘विगतमा भएको कमी कमजोरीको सुधार गरी आफनो सांगठनिक क्षमता अभिवृद्धि गर्दै अगाडी बढने छु । मेचीदखि महाकालीका कार्यकर्तालाई समेट्दै संघर्षको तयारीमा जुट्ने छु ।’

सरकारले ल्याएको बजेट मधेस विरोधी भएको भन्दै उसले मधेसका कार्यक्रमहरुलाई समावेश गर्न माग गरेको छ । सद्भावनाले एक स्वायत्त मधेस प्रदेशलाई मधेस प्रदेश वा मधेस थरुहट प्रदेश लगायतका नाम छलफलका लागि प्रस्ताव गरेको छ ।

भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीको भ्रमणकेा पूर्वसंध्यामा देखिएको विवाद दुर्भाग्यपूर्ण भएको भन्दै सद्भावनाले भनेको छ- यस प्रवृतिलाई भारत विरोधीमा आधारित राष्ट्रवाद को पुनरावृती को रुपमा लिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment